काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ७ मंसीरमा रसिया जाने भएका छन् ।
आज परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै मन्त्री ज्ञवाली ७ दिने भ्रमणका लागि रसिया जान लागेको जानकारी गराएको हो ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले रसियाका विदेशमन्त्री सिर्जेए ल्याभ्रोभ्सँग भेटवार्ता गर्नेछन् ।
ज्ञवालीले १० मंसीरमा रसियाको राजधानी मस्कोमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन समेत गर्नेछन् ।
भ्रमणकै क्रममा मन्त्री ज्ञवाली ११ मंसीरमा सर्विया पुग्नेछन् । उक्त अवसरमा ज्ञवाली र सर्वियाका विदेशमन्त्री इभिक ड्याकिक्बीच भेटवार्ता हुनेछ ।
ज्ञवाली सर्वियाको राजधानी बिलग्रेडमा आयोजना हुने लगानी तथा पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रममा पनि सहभागी हुनेछन् ।
ज्ञवाली १४ मंसीरमा स्वदेश फर्कने कार्यक्रम छ ।