४ असार २०७५ मा राष्ट्रिय सभाका सदस्यहरुले गोलाप्रथाका आधारमा पदावधि छनोट गर्ने क्रममा १९ जनाको पदावधि दुई वर्ष मात्र तय भयो । गोलाप्रथा पछिबाट गरिए पनि संघीय संसदको पहिलो बैठक बसेको मिति २१ फागुन २०७४ देखि नै उनीहरुको पदावधि गणना हुने हुँदा आउँदो २० फागुनमा उनीहरुको पदावधि सिद्धिनेछ ।

राष्ट्रिय सभाका सदस्यहरुको पदावधि सम्बन्धमा संविधानको धारा ८६ को उपधारा ४ मा उल्लेख छ, ‘यो संविधान प्रारम्भ भएपछि राष्ट्रिय सभाका सदस्यको पहिलो पटक पदावधि गणना गर्दा राष्ट्रिय सभाको प्रथम बैठक बसेको दिनबाट सम्पूर्ण सदस्यहरुको पदावधि प्रारम्भ भएको मानिनेछ ।’

यो प्रावधान अनुसार दुई वर्ष पदावधि कायम भएका र आउँदो २० फागुनमा पदावधि सकिने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री डा. युवराज खतिवडा पनि छन । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका राष्ट्रिय सभामा प्रमुख सचेतक सुरेन्द्रराज पाण्डेको पदावधि पनि सोही दिन सकिनेछ ।

अर्थमन्त्री खतिवडा राष्ट्रिय सभाका मनोनीत सदस्य हुन् ।

आउँदो २० फागुनमा पदावधि समाप्त हुने राष्ट्रिय सभा सदस्यहरूमा नेपाली कांग्रेसका सात जना, नेकपाका आठ जना, राष्ट्रिय जनता पार्टी नेपालका दुई जना र समाजवादी पार्टीका एक जना छन् ।

फागुनमा पदावधि समाप्त हुने कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यहरूमा पाण्डेसहित दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, बद्रीप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, विन्दादेवी आले (राना) र सरिता प्रसाई छन् ।

यस्तै नेकपाका खतिवडा सहित कमलाकुमारी ओली, हरिचरण शिवाकोटी, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ र राजकुमार कुँवर छन् ।

पदावधि समाप्त हुने राष्ट्रिय जनता पार्टी नेपालका सदस्यहरूमा रमेशप्रसाद यादव र वृषेश चन्द्र लाल छन् भने समाजवादी पार्टीका रामप्रित पासपानको पदावधि पनि फागुनमा सकिँदैछ ।

दुई वर्षे पदावधि समाप्त भएका सदस्यहरू फेरि पनि राष्ट्रिय सभा सदस्य बन्न सक्छन् । “यसका लागि कानूनतः त्यस्तो कुनै वाधा छैन”, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल भन्छन्, “तर, त्यसका लागि उहाँहरू आफ्नो दलबाट सिफारिस हुनुपर्छ ।”

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये प्रत्येक प्रदेशबाट ८/८ सदस्य निर्वाचित हुने र तीन सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित हुन्छन् ।

दुई वर्षे कार्यकालपछि रिक्त हुन लागेका १९ सदस्यमध्ये १८ जना निर्वाचित र एक जना मनोनित हुन् ।

संविधानको धारा ८६ को उपधारा ५ मा राष्ट्रिय सभाका सदस्यहरू निर्वाचन वा मनोनयन जुन विधिबाट सदस्य बनेका हुन्, उनीहरूको पदावधि समाप्त हुँदा रिक्त हुन आउने पदमा पनि सोहीअनुसार पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।

अब रिक्त हुने संख्यामध्ये निर्वाचित १८ जना प्रदेशगत रुपमा निर्वाचित भएर र एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

" /> ४ असार २०७५ मा राष्ट्रिय सभाका सदस्यहरुले गोलाप्रथाका आधारमा पदावधि छनोट गर्ने क्रममा १९ जनाको पदावधि दुई वर्ष मात्र तय भयो । गोलाप्रथा पछिबाट गरिए पनि संघीय संसदको पहिलो बैठक बसेको मिति २१ फागुन २०७४ देखि नै उनीहरुको पदावधि गणना हुने हुँदा आउँदो २० फागुनमा उनीहरुको पदावधि सिद्धिनेछ ।

राष्ट्रिय सभाका सदस्यहरुको पदावधि सम्बन्धमा संविधानको धारा ८६ को उपधारा ४ मा उल्लेख छ, ‘यो संविधान प्रारम्भ भएपछि राष्ट्रिय सभाका सदस्यको पहिलो पटक पदावधि गणना गर्दा राष्ट्रिय सभाको प्रथम बैठक बसेको दिनबाट सम्पूर्ण सदस्यहरुको पदावधि प्रारम्भ भएको मानिनेछ ।’

यो प्रावधान अनुसार दुई वर्ष पदावधि कायम भएका र आउँदो २० फागुनमा पदावधि सकिने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री डा. युवराज खतिवडा पनि छन । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका राष्ट्रिय सभामा प्रमुख सचेतक सुरेन्द्रराज पाण्डेको पदावधि पनि सोही दिन सकिनेछ ।

अर्थमन्त्री खतिवडा राष्ट्रिय सभाका मनोनीत सदस्य हुन् ।

आउँदो २० फागुनमा पदावधि समाप्त हुने राष्ट्रिय सभा सदस्यहरूमा नेपाली कांग्रेसका सात जना, नेकपाका आठ जना, राष्ट्रिय जनता पार्टी नेपालका दुई जना र समाजवादी पार्टीका एक जना छन् ।

फागुनमा पदावधि समाप्त हुने कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यहरूमा पाण्डेसहित दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, बद्रीप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, विन्दादेवी आले (राना) र सरिता प्रसाई छन् ।

यस्तै नेकपाका खतिवडा सहित कमलाकुमारी ओली, हरिचरण शिवाकोटी, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ र राजकुमार कुँवर छन् ।

पदावधि समाप्त हुने राष्ट्रिय जनता पार्टी नेपालका सदस्यहरूमा रमेशप्रसाद यादव र वृषेश चन्द्र लाल छन् भने समाजवादी पार्टीका रामप्रित पासपानको पदावधि पनि फागुनमा सकिँदैछ ।

दुई वर्षे पदावधि समाप्त भएका सदस्यहरू फेरि पनि राष्ट्रिय सभा सदस्य बन्न सक्छन् । “यसका लागि कानूनतः त्यस्तो कुनै वाधा छैन”, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल भन्छन्, “तर, त्यसका लागि उहाँहरू आफ्नो दलबाट सिफारिस हुनुपर्छ ।”

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये प्रत्येक प्रदेशबाट ८/८ सदस्य निर्वाचित हुने र तीन सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित हुन्छन् ।

दुई वर्षे कार्यकालपछि रिक्त हुन लागेका १९ सदस्यमध्ये १८ जना निर्वाचित र एक जना मनोनित हुन् ।

संविधानको धारा ८६ को उपधारा ५ मा राष्ट्रिय सभाका सदस्यहरू निर्वाचन वा मनोनयन जुन विधिबाट सदस्य बनेका हुन्, उनीहरूको पदावधि समाप्त हुँदा रिक्त हुन आउने पदमा पनि सोहीअनुसार पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।

अब रिक्त हुने संख्यामध्ये निर्वाचित १८ जना प्रदेशगत रुपमा निर्वाचित भएर र एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

"> फागुनमा सकिँदैछ राष्ट्रिय सभाका यी १९ सदस्यको पदावधि: Dekhapadhi
फागुनमा सकिँदैछ राष्ट्रिय सभाका यी १९ सदस्यको पदावधि
४ असार २०७५ मा राष्ट्रिय सभाका सदस्यहरुले गोलाप्रथाका आधारमा पदावधि छनोट गर्ने क्रममा १९ जनाको पदावधि दुई वर्ष मात्र तय भयो । गोलाप्रथा पछिबाट गरिए पनि संघीय संसदको पहिलो बैठक बसेको मिति २१ फागुन २०७४ देखि नै उनीहरुको पदावधि गणना हुने हुँदा आउँदो २० फागुनमा उनीहरुको पदावधि सिद्धिनेछ ।

राष्ट्रिय सभाका सदस्यहरुको पदावधि सम्बन्धमा संविधानको धारा ८६ को उपधारा ४ मा उल्लेख छ, ‘यो संविधान प्रारम्भ भएपछि राष्ट्रिय सभाका सदस्यको पहिलो पटक पदावधि गणना गर्दा राष्ट्रिय सभाको प्रथम बैठक बसेको दिनबाट सम्पूर्ण सदस्यहरुको पदावधि प्रारम्भ भएको मानिनेछ ।’

यो प्रावधान अनुसार दुई वर्ष पदावधि कायम भएका र आउँदो २० फागुनमा पदावधि सकिने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री डा. युवराज खतिवडा पनि छन । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका राष्ट्रिय सभामा प्रमुख सचेतक सुरेन्द्रराज पाण्डेको पदावधि पनि सोही दिन सकिनेछ ।

अर्थमन्त्री खतिवडा राष्ट्रिय सभाका मनोनीत सदस्य हुन् ।

आउँदो २० फागुनमा पदावधि समाप्त हुने राष्ट्रिय सभा सदस्यहरूमा नेपाली कांग्रेसका सात जना, नेकपाका आठ जना, राष्ट्रिय जनता पार्टी नेपालका दुई जना र समाजवादी पार्टीका एक जना छन् ।

फागुनमा पदावधि समाप्त हुने कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यहरूमा पाण्डेसहित दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, बद्रीप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, विन्दादेवी आले (राना) र सरिता प्रसाई छन् ।

यस्तै नेकपाका खतिवडा सहित कमलाकुमारी ओली, हरिचरण शिवाकोटी, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ र राजकुमार कुँवर छन् ।

पदावधि समाप्त हुने राष्ट्रिय जनता पार्टी नेपालका सदस्यहरूमा रमेशप्रसाद यादव र वृषेश चन्द्र लाल छन् भने समाजवादी पार्टीका रामप्रित पासपानको पदावधि पनि फागुनमा सकिँदैछ ।

दुई वर्षे पदावधि समाप्त भएका सदस्यहरू फेरि पनि राष्ट्रिय सभा सदस्य बन्न सक्छन् । “यसका लागि कानूनतः त्यस्तो कुनै वाधा छैन”, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल भन्छन्, “तर, त्यसका लागि उहाँहरू आफ्नो दलबाट सिफारिस हुनुपर्छ ।”

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये प्रत्येक प्रदेशबाट ८/८ सदस्य निर्वाचित हुने र तीन सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित हुन्छन् ।

दुई वर्षे कार्यकालपछि रिक्त हुन लागेका १९ सदस्यमध्ये १८ जना निर्वाचित र एक जना मनोनित हुन् ।

संविधानको धारा ८६ को उपधारा ५ मा राष्ट्रिय सभाका सदस्यहरू निर्वाचन वा मनोनयन जुन विधिबाट सदस्य बनेका हुन्, उनीहरूको पदावधि समाप्त हुँदा रिक्त हुन आउने पदमा पनि सोहीअनुसार पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।

अब रिक्त हुने संख्यामध्ये निर्वाचित १८ जना प्रदेशगत रुपमा निर्वाचित भएर र एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्