काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवाद हल गर्न अध्यक्षद्धय केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल अझै निष्कर्षमा पुगेको छैन। विवाद मिलाउन प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्षद्धय ओली र प्रचण्डबीच लामै कुराकानी भइसकेको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाका बहुमत १८ सदस्यले अविश्वासको प्रस्ताव पेश गरेपछि कर्णालीको विवाद काठमाडौंमा तानिएको हो। ‘‘अध्यक्षद्धय बीचमा छलफल भइरहेको छ तर कर्णाली प्रदेशवाट निम्तो गरिएकाहरु काठमाडौं आइनपुगिसकेकाले निष्कर्षमा पुगेको मान्न सकिन्न्,'' प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने, '‘उनीहरु आएपछि थप छलफल होला।' थापाका अनुसार कर्णालीको विवाद मिलाउन अध्यक्षद्धय ओली र प्रचण्डले सक्रियता बढाएका छन्।
ओली–नेपाल पक्षधरसहित पूर्वमाओवादीका ३ जना प्रदेश सांसदले समेत अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री शाही नैतिक दबाबमा परेका छन्। कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी केन्द्रले कर्णालीमा हस्तक्षेप गर्नुपर्ने भन्दै प्रयास अघि बढाएपछि नेपाल समूहका सांसदहरुले अविश्वासको प्रस्ताव फिर्ता लिने प्रतिबद्धता जनाएका छन्। तर, लिखित रुपमा अहिलेसम्म कसैले पनि आफनो हस्ताक्षर फिर्ता लिएको जानकारी दिएका छैनन्।
‘‘मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने समझदारी बने पनि ठोस सहमति भइसकेको छैन,’’ कर्णाली प्रदेशका एक सांसदले भने, ‘‘काठमाडौंमा कसरी कुरा मिल्छ ? त्यही अनुसार कर्णालीको आगामी रणनीति बन्छ।’’
कर्णालीको विवाद हल गर्न अध्यक्षदद्वयले मुख्यमन्त्री शाहीसहित असन्तुष्ट पक्षलाई काठमाडौं बोलाएका छन्। पार्टी केन्द्रले बोलाएपछि काठमाडौं आउन लागेको जानकारी असन्तुष्ट पक्षका नेतृत्वकर्ता मध्येका एक गुलावजंग शाहले जानकारी दिएका छन्।