काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेतालाई मात्रै समावेश गरेर बुधबार मन्त्रीमण्डल पुनर्गठन गरेका छन्।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका एक नेतालाई पनि नसमेटी प्रधानमन्त्री ओलीले १२ औं पटक आफनो मन्त्रीमण्डल पुनर्गठन गरेका हुन्।
बुधबार थपिएका मन्त्रीहरूमा अर्थ मन्त्रालयमा विष्णु पौडेल, सहरी विकास मन्त्रालयमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा समाज कल्याण मन्त्री लिलानाथ श्रेष्ठलाई नियुक्ति गरेर प्रधानमन्त्री ओलीले आफूनिकटलाई मात्रै समावेश गरेका हुन्।
१२ औँ पटक गरिएको मन्त्रीमण्डल पुनर्गठनमा तत्कालिन नेकपा माओवादी केन्द्रबाट विजयी भएका कुनै पनि सांसदले मन्त्रिमण्डल पुनर्गठनमा अवसर पाएका छैनन् भने वरिष्ठ नेता नेपालनिकट कुनै पनि नेता पुनर्गठित मन्त्रीमण्डलमा समावेश भएका छैनन्।
तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएर रिक्त भएको स्थानमा पार्टी महासचिवसमेत रहेका पौडेललाई नियुक्त गरिएका हुन् भने श्रेष्ठ काठमाडौं–८ का सांसद हुन्। श्रेष्ठ २०७० सालको निर्वाचनमा सिरहा-५ बाट तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट पराजित नेता हुन्।
त्यसो त प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी लिँदै सो मन्त्रालयको जिम्मेवारी लिएका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालयका जिम्मेवारी दिएका छन् भने महिलामन्त्री पार्वत गुरुङलाई सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयमा सरुवा गरेर नयाँ मन्त्रालयको जिम्मेवारी हस्तान्तरण गरेका छन्।
आफू निकटलाई मात्रै समेटेर मन्त्रीमण्डल विस्तार गरेपछि सो विषय नेकपाभित्रको विवादको विषय बन्ने अनुमान राजनीतिक विश्लेषकहरूले गरेका छन्।
" /> काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेतालाई मात्रै समावेश गरेर बुधबार मन्त्रीमण्डल पुनर्गठन गरेका छन्।नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका एक नेतालाई पनि नसमेटी प्रधानमन्त्री ओलीले १२ औं पटक आफनो मन्त्रीमण्डल पुनर्गठन गरेका हुन्।

">