मोरङ। प्रदेश नं १ सरकारले पाँच वर्षे कार्यकालको आधा अवधि पूरा गरेको अवसरमा बुधबार मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरेको छ। प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलब्धिलाई जनतासमक्ष पुर्‍याउन सो पुस्तक सार्वजनिक गरिएको हो।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश योजना आयोगद्वारा तयार गरिएको आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मध्यावधि समीक्षा पुस्तकको सार्वजनिक गर्दै प्रदेश सरकारप्रति जनताको आकर्षण बढ्दै गएको बताएका छन्। उनले सरकार तराई, पहाड र हिमालका जनताको विश्वास स्थापित गरेको बताउँदै जनताको विकासप्रतिको आकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताउँछन्।
प्रदेश सरकार गठन भएको मध्यावधि अवस्थामा प्रशासनिक, कानूनी संरचना, महत्त्वपूर्ण निकायहरू लगानी बोर्ड, प्रदेश योजना आयोग र प्रदेश लोक सेवालगायत प्रदेश संरचना निर्माण गरेको उनले बताए। उनले सीमित श्रोत र साधनबाट विकास निर्माणको कार्य गर्न परिरहेको चर्चा गर्दै जनताले आफ्नै घर आँगनमा विकास देख्दा सबैमा उत्साह छाएको दाबी गरेका छन्।
मुख्यमन्त्री राईले यस क्षेत्रको आर्थिक विकास र रोजगारी उपलब्ध गराउन छिट्टै परियोजना बैंक तयार गर्न निर्देशन दिएको जानकारी दिँदै कोरोना भाइरसको महामारी कम भएपछि स्वदेश तथा विदेशी लगानीकर्ताको सहभागितामा लगानी सम्मेलन गर्ने जानकारी दिए। कोभिड-१९ ले प्रदेशको आर्थिक रूपमा मुहान सुकाएको तर्क गर्दै कोरोना महामारीलाई रोकथाम, नियन्त्रण र उपचारमा सरकार प्रभावकारी रूपमा कार्य गरिरहेको बताए।
विराटनगर विमानस्थको धावन मार्ग ३,००० मिटर बनाउन सङ्घीय सरकारसँगको भएको सम्झौताले यस क्षेत्रमा विदेशी पर्यटक आगमन वृद्धि हुने विश्वास मुख्यमन्त्री राईले व्यक्त गरेका छन्। उनले “बजेट खर्च गर्ने हिसाबले तथ्याङक सूचक आधारमा प्रदेश उत्कृष्ट रहेको” बताएका छन्।
मध्यावधि समीक्षामा देखिएका कमीकमजोरी सच्चाउनका साथै नयाँ सोचका साथ काम अगाडि बढाउन प्रदेशका १३७ पालिका र १४ जिल्ला समन्वय समितिलाई आवश्यक टिप्पणीको लागि आह्वानसमेत उनले गरेका छन्।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले जनतालाई शिक्षित र आत्मनिर्भर बनाई सबैको मुहारमा खुशी ल्याउने उद्देश्यले आयोगले कार्य गरिरहेको बताएका छन्। सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्वो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतलगायतको उपस्थिति थियो।
रासस
" /> मोरङ। प्रदेश नं १ सरकारले पाँच वर्षे कार्यकालको आधा अवधि पूरा गरेको अवसरमा बुधबार मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरेको छ। प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलब्धिलाई जनतासमक्ष पुर्‍याउन सो पुस्तक सार्वजनिक गरिएको हो।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश योजना आयोगद्वारा तयार गरिएको आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मध्यावधि समीक्षा पुस्तकको सार्वजनिक गर्दै प्रदेश सरकारप्रति जनताको आकर्षण बढ्दै गएको बताएका छन्। उनले सरकार तराई, पहाड र हिमालका जनताको विश्वास स्थापित गरेको बताउँदै जनताको विकासप्रतिको आकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताउँछन्।
प्रदेश सरकार गठन भएको मध्यावधि अवस्थामा प्रशासनिक, कानूनी संरचना, महत्त्वपूर्ण निकायहरू लगानी बोर्ड, प्रदेश योजना आयोग र प्रदेश लोक सेवालगायत प्रदेश संरचना निर्माण गरेको उनले बताए। उनले सीमित श्रोत र साधनबाट विकास निर्माणको कार्य गर्न परिरहेको चर्चा गर्दै जनताले आफ्नै घर आँगनमा विकास देख्दा सबैमा उत्साह छाएको दाबी गरेका छन्।
मुख्यमन्त्री राईले यस क्षेत्रको आर्थिक विकास र रोजगारी उपलब्ध गराउन छिट्टै परियोजना बैंक तयार गर्न निर्देशन दिएको जानकारी दिँदै कोरोना भाइरसको महामारी कम भएपछि स्वदेश तथा विदेशी लगानीकर्ताको सहभागितामा लगानी सम्मेलन गर्ने जानकारी दिए। कोभिड-१९ ले प्रदेशको आर्थिक रूपमा मुहान सुकाएको तर्क गर्दै कोरोना महामारीलाई रोकथाम, नियन्त्रण र उपचारमा सरकार प्रभावकारी रूपमा कार्य गरिरहेको बताए।
विराटनगर विमानस्थको धावन मार्ग ३,००० मिटर बनाउन सङ्घीय सरकारसँगको भएको सम्झौताले यस क्षेत्रमा विदेशी पर्यटक आगमन वृद्धि हुने विश्वास मुख्यमन्त्री राईले व्यक्त गरेका छन्। उनले “बजेट खर्च गर्ने हिसाबले तथ्याङक सूचक आधारमा प्रदेश उत्कृष्ट रहेको” बताएका छन्।
मध्यावधि समीक्षामा देखिएका कमीकमजोरी सच्चाउनका साथै नयाँ सोचका साथ काम अगाडि बढाउन प्रदेशका १३७ पालिका र १४ जिल्ला समन्वय समितिलाई आवश्यक टिप्पणीको लागि आह्वानसमेत उनले गरेका छन्।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले जनतालाई शिक्षित र आत्मनिर्भर बनाई सबैको मुहारमा खुशी ल्याउने उद्देश्यले आयोगले कार्य गरिरहेको बताएका छन्। सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्वो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतलगायतको उपस्थिति थियो।
रासस
"> प्रदेश १ को मध्यावधि समीक्षा, प्रदेश सरकारप्रति आकर्षण रहेको मुख्यमन्त्रीको दाबी: Dekhapadhi प्रदेश योजना आयोगद्वारा तयार गरिएको आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरिएको छ।
• गठन भएको ३० महिनामा प्रदेश सरकारद्वारा सम्पादित कार्यउपलब्धिलाई जनतासमक्ष पुर्‍याउन पुस्तक सार्वजनिक गरिएको हो।
• कोभिड-१९ ले प्रदेशको आर्थिक मुहान सुकाएको तर कोरोना महामारीलाई रोकथाम, नियन्त्रण र उपचारमा सरकार प्रभावकारी रूपमा कार्य गरिरहेको मुख्यमन्त्री राईले बताए।
प्रदेश १ को मध्यावधि समीक्षा, प्रदेश सरकारप्रति आकर्षण रहेको मुख्यमन्त्रीको दाबी
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश योजना आयोगद्वारा तयार गरिएको आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मध्यावधि समीक्षा पुस्तकको सार्वजनिक गर्दै प्रदेश सरकारप्रति जनताको आकर्षण बढ्दै गएको बताएका छन्। उनले सरकार तराई, पहाड र हिमालका जनताको विश्वास स्थापित गरेको बताउँदै जनताको विकासप्रतिको आकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताउँछन्।
प्रदेश सरकार गठन भएको मध्यावधि अवस्थामा प्रशासनिक, कानूनी संरचना, महत्त्वपूर्ण निकायहरू लगानी बोर्ड, प्रदेश योजना आयोग र प्रदेश लोक सेवालगायत प्रदेश संरचना निर्माण गरेको उनले बताए। उनले सीमित श्रोत र साधनबाट विकास निर्माणको कार्य गर्न परिरहेको चर्चा गर्दै जनताले आफ्नै घर आँगनमा विकास देख्दा सबैमा उत्साह छाएको दाबी गरेका छन्।
मुख्यमन्त्री राईले यस क्षेत्रको आर्थिक विकास र रोजगारी उपलब्ध गराउन छिट्टै परियोजना बैंक तयार गर्न निर्देशन दिएको जानकारी दिँदै कोरोना भाइरसको महामारी कम भएपछि स्वदेश तथा विदेशी लगानीकर्ताको सहभागितामा लगानी सम्मेलन गर्ने जानकारी दिए। कोभिड-१९ ले प्रदेशको आर्थिक रूपमा मुहान सुकाएको तर्क गर्दै कोरोना महामारीलाई रोकथाम, नियन्त्रण र उपचारमा सरकार प्रभावकारी रूपमा कार्य गरिरहेको बताए।
विराटनगर विमानस्थको धावन मार्ग ३,००० मिटर बनाउन सङ्घीय सरकारसँगको भएको सम्झौताले यस क्षेत्रमा विदेशी पर्यटक आगमन वृद्धि हुने विश्वास मुख्यमन्त्री राईले व्यक्त गरेका छन्। उनले “बजेट खर्च गर्ने हिसाबले तथ्याङक सूचक आधारमा प्रदेश उत्कृष्ट रहेको” बताएका छन्।
मध्यावधि समीक्षामा देखिएका कमीकमजोरी सच्चाउनका साथै नयाँ सोचका साथ काम अगाडि बढाउन प्रदेशका १३७ पालिका र १४ जिल्ला समन्वय समितिलाई आवश्यक टिप्पणीको लागि आह्वानसमेत उनले गरेका छन्।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले जनतालाई शिक्षित र आत्मनिर्भर बनाई सबैको मुहारमा खुशी ल्याउने उद्देश्यले आयोगले कार्य गरिरहेको बताएका छन्। सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्वो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतलगायतको उपस्थिति थियो।
रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्