कैलाली। बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र विवादलाई लिएर स्थानीयहरूले ढुङ्गामुढा गर्दा गाउँपालिका अध्यक्षसहित १७ जना घाइते भएका छन्।
ढुङ्गामुढाबाट गाउँपालिका अध्यक्ष वीरबहादुर विष्ट, रौलेश्वर प्रहरी चौकीका ५ जना प्रहरी र ११ जना स्थानीय गरी १७ जना घाइते भएका हुन्। गाउँपालिकाको केन्द्र रौलेश्वर केन्द्र हुनुपर्ने पक्षधरले यसरी प्रदर्शन गरेका हुन्।
सुर्नया गाउँपालिका केन्द्र सङ्घर्ष समितिले सोमबार लगाएको ताला प्रहरीको सहयातामा खोल्न लाग्दा गाउँपालिका अध्यक्षमाथि नै ढुङ्गा प्रहार भएको जनाइएको छ। गाउँपालिका अध्यक्ष विष्टको टाउकोमा चोट लागेको र अध्यक्षसहित सबै घाइतेको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको प्रहरीले जनाएको छ।
" /> कैलाली। बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र विवादलाई लिएर स्थानीयहरूले ढुङ्गामुढा गर्दा गाउँपालिका अध्यक्षसहित १७ जना घाइते भएका छन्।ढुङ्गामुढाबाट गाउँपालिका अध्यक्ष वीरबहादुर विष्ट, रौलेश्वर प्रहरी चौकीका ५ जना प्रहरी र ११ जना स्थानीय गरी १७ जना घाइते भएका हुन्। गाउँपालिकाको केन्द्र रौलेश्वर केन्द्र हुनुपर्ने पक्षधरले यसरी प्रदर्शन गरेका हुन्।

">