काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ।
रक्तचाप बढेका कारण हिजो भर्ना भई धुम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार आज साँझसम्म नेता खनाललाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ।
“उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको छ, अहिले आफैँ हिँड्ने, गर्नुहुन्छ। ”, उनले भने, “चिकित्सकका अनुसार उहाँको रक्तचाप पनि सामान्य रहेको छ।”
रक्तचाप बढेपछि हिजो अपरान्ह ४ बजे खनाललाई अस्पताल लगिएको थियो।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ।रक्तचाप बढेका कारण हिजो भर्ना भई धुम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

">