कमल थापालाई पनि कोरोना सङ्क्रमण
<p>काठमाडौं। राप्रपाका अध्यक्ष कमल थापा पनि कोरोना सङ्क्रमित भएका छन्। थापाले ट्वीट गर्दै आफू कोरोना सङ्क्रमित भएको जानकारी दिएका हुन्। सामान्य टाउको दुखेको अवस्थामा हिजो पीसीआर परीक्षण गराउँदा आफूमा कोरोना सङ्क्रमण देखिएको थापाले बताएका छन्।</p>
<p>सावधानी अपनाउँदा अपनाउँदै सङ्क्रमित हुन पुगेको बताएका थापाले आफूसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित हुन पनि आग्रह गरेका छन्। उनले अहिले आफ्नो अवस्था सामान्य भएको बताएका छन्।</p>
<p>‘‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाइको कारण कोभिड–१९ पीसीआर परीक्षण गर्दा मेरो रिपोर्ट ‘पोजिटिभ’ देखिएको छ,’’ अध्यक्ष थापाले लेखेका छन्, ‘‘अवस्था सामान्य छ। केही दिनयता मसँग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनुहुन अनुरोध गर्दछु।’’ </p>
प्रतिक्रिया दिनुहोस्