काठमाडाैं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेट गरेको भोलिपल्ट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्ट समूहका नेतासँग पनि भेटघाट गरेका छन्।
खुमलटारस्थित निवासमा मुख्यमन्त्री शाहीसँग असन्तुष्ट रहेका नेताहरू यामलाल कँडेल र गुलाबजंग शाहलगायत नेतासँग भेटघाट गरी कर्णालीका विवादका बारेमा छलफल गरेका हुन्।
“हिजै मुख्यमन्त्रीको समूहका नेताहरुको धारणा सुन्ने काम गर्नु भएको थियो, आज असन्तुष्ट समूहका धारणाहरू सुन्ने काम भएको छ”, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने।
उनका अनुसार कर्णाली प्रदेशका सांसदहरू कँडेल, शाह र मायाप्रसाद शर्मा खुमलटारमा छलफल गर्न पुगेका हुन्।
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले कर्णालीमा चर्को विवाद देखा परेपछि पत्र काटेर असोज २९ भित्र काठमाडौं आउन निर्देशन दिएका थिए। सो निर्देशनपछि शाहीको समूह बुधबार काठमाडौं आइपुगेको थियो भने कँडेलको समूह बिहीबार मात्रै काठमाडौं आएको हो।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाका बहुमत १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपामा ठूलो तरङ्ग आएको छ।
अविश्वास प्रस्तावको प्रक्रिया तत्काल रोकेर केन्द्रमा छलफल गर्न आएका दुवै पक्षका नेतालाई राखेर अध्यक्षद्वयले सामूहिक छलफल गराउने भनिए पनि त्यो सम्भवः भएको छैन।
प्रधानमन्त्री ओली मन्त्रिमण्डल पुनर्गठन र मन्त्रिपरिषद्को बैठकमा लागेका कारण व्यस्त भएको भन्दै कर्णालीबाट बोलाइएका सांसदहरूलाई अझै समय दिइएको छैन।
हिजै धुम्बाराहीमा सामूहिक छलफल गर्ने भनिए पनि अझै त्यो हुन नसकेको कर्णालीका अध्यक्ष गोरखबहादुर बोगटीले जानकारी दिए।
" /> काठमाडाैं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेट गरेको भोलिपल्ट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्ट समूहका नेतासँग पनि भेटघाट गरेका छन्।खुमलटारस्थित निवासमा मुख्यमन्त्री शाहीसँग असन्तुष्ट रहेका नेताहरू यामलाल कँडेल र गुलाबजंग शाहलगायत नेतासँग भेटघाट गरी कर्णालीका विवादका बारेमा छलफल गरेका हुन्।

">