जर्नादन शर्माले दसैं भत्ता जनमुक्ति सेनाको उपचारमा खर्च गर्ने <p>काठमाडौं।&nbsp;कोरोना महामारीका बेला दसैं&nbsp;भत्ता लिएको भन्दै चौतर्फी आलोचना भए पछि पूर्वमन्त्री जर्नादन शर्माले सो रकमले भेन्टिलेटर खरिदमा खर्च गर्ने उपाय सुल्झाएका छन्।</p> <p>नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहेका सांसद शर्माले आफूले पाएको रकम पूर्वजनमुक्ति सेनाका सदस्य नरेन्द्र बोहोराका लागि भेन्टिलेटर खरिद गर्ने पनि जनाएका छन्।</p> <p>&quot;कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो, यस्तो बेला दसैं&nbsp;भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं,&quot; शर्माले घोषणा गर्दै भनेका छन्, &quot;दसैं&nbsp;भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु।&quot;</p> <p>यसअघि नेकपा सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले दसैं&nbsp;भत्ता लिएका थिएनन् भने अर्का स्थायी कमिटी सदस्य भीम रावलले सो रकम फिर्ता गर्ने घोषणा गरेको सन्दर्भमा शर्माले नयाँ उपाय सुझाएका हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्