कांग्रेस सांसदहरूले दसैँ भत्तावापतको रकम एकमुस्ट फिर्ता गर्ने
<p>काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरूले दसैँ भत्ता एकमुस्टरूपमा फिर्ता गर्ने भएका छन्।</p>
<p>कोभिड-१९ को महामारीको असहज परिस्थितमा पनि सांसदहरूले दसैँ भत्ता लिएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला कांग्रेस सांसदले दसैँ भत्तावापतको रकम फिर्चा लिने बताएका हुन्। </p>
<p>"एक-एक जनाले फिर्ता गर्ने भन्दा पनि एकमुस्टरूपमा दसैँ पेश्की नलिने निर्णय हुदैँछ" कांग्रेस नेता मिनेन्द्र रिजालले भने, "सायद, केही बेरमा सो निर्णयका बारेमा प्रेस बिज्ञप्ति सार्वजनिक हुन्छ।" </p>
<p>संघीय संसद सचिवालयले दसैँ भत्तास्वरूप ६४ हजार ७० रूपैयाँ सबै सांसदको बैंक खातामा जम्मा गरिसकेको छ। नेपाली कांग्रेसका ६३ जना सांसद रहेका छन्। </p>
प्रतिक्रिया दिनुहोस्