काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले पाएका दसैं भत्ताको रकम सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा हुने भएको छ।
प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सांसदले पाउने दसैं भत्ताको सम्पूर्ण रकम कोरोना कोषमा जम्मा गर्न निर्देशन दिएका हुन्।
‘‘दसैं घरपरिवारभित्र मनाउन आग्रह गर्दै संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सबै सांसदको दसैं भत्ताबापत प्राप्त रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको छ,’’ दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने।
प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सबै संघीय सांसदले पाएको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी सांसदहरूलाई गराइएको छ।
यसैगरी आजै बस्ने मन्त्रिपरिषद बैठकमा पनि प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरूले पाउने दसैं भत्ताबापतको रकम पनि कोरोना कोषमा जम्मा गर्ने निर्णय हुन लागेको एक मन्त्रीले जानकारी दिए।
" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले पाएका दसैं भत्ताको रकम सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा हुने भएको छ।प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सांसदले पाउने दसैं भत्ताको सम्पूर्ण रकम कोरोना कोषमा जम्मा गर्न निर्देशन दिएका हुन्।

">