काठमाडौँ। अमेरिकाका लागि प्रस्तावित राजदुत डा. युवराज खतिवडाविरुद्ध ४ वटा उजुरी परेका छन्।
सरकारले अमेरिकाका लागि राजदूत सिफारिस गरेपछि संसदीय सुनवाइ समितिले उजुरी आह्वान गर्दा ३ वटा उजुरी परेका हुन्।
गत असोज २१ गते १० दिनको म्याद दिएर गरिएको आह्वानमा खतिवडाविरुद्ध ३ र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध १ उजुरी परेको सुनवाइ समितिका सभापति कर्णले जानकारी दिएका छन्। समितिले सोमबार सो उजुरी खोलेको थियो।
पूर्व अर्थमन्त्री खतिवडालाई अमेरिका र पूर्व मुख्यसचिव रेग्मीलाई ३ साताअघि बेलायतको राजदूत सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो। संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनवाइको प्रक्रिया पूरा गरेपछि मात्रै राजदूतमा नियुक्त हुने गर्दछ।
" /> काठमाडौँ। अमेरिकाका लागि प्रस्तावित राजदुत डा. युवराज खतिवडाविरुद्ध ४ वटा उजुरी परेका छन्।सरकारले अमेरिकाका लागि राजदूत सिफारिस गरेपछि संसदीय सुनवाइ समितिले उजुरी आह्वान गर्दा ३ वटा उजुरी परेका हुन्।

">