प्रतिबन्धपछि ‘छिन्नभिन्न’ नेत्रविक्रम चन्द समूह
काठमाडौं। सरकारले २८ फागुन २०७५ मा गतिविधिमा प्रतिबन्ध लगाउँदै धमाधम पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द समूहको नेपाल कम्युनिष्ट पार्टीका अधिकांश नेता–कार्यकर्ता भूमिगत छन्।

प्रहरीको तथ्यांकअनुसार प्रतिबन्धको आठ महीनामा केन्द्रदेखि जिल्लास्तरीय पदाधिकारी तहका ७२ सहित एक हजार १५० नेता–कार्यकर्ता समातिइसकेका छन्।

यस बीचमा दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष डम्बर विक, युवा संगठन केन्द्रीय अध्यक्ष बबिल केसी, नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव धीरेन्द्रा उपाध्यायलगायतका केन्द्रीय सदस्य पक्राउ परेका छन्।

सरकारले पक्राउ गर्न थालेपछि चन्द समूहका कतिपय नेता–कार्यकर्ता अर्को राजनीतिक दलमा प्रवेश गरिरहेका छन्।

१९ जेठ २०७६ मा पोलिटब्यूरो सदस्य तथा पूर्वराज्यमन्त्री पदम राई सत्तारुढ नेकपामा प्रवेश गरेका छन्। प्रतिबन्धपछि ५९६ जनाले पार्टी छाडेको प्रहरीको तथ्यांकमा छ।

सुरक्षा स्रोतका अनुसार महासचिव चन्दसहित ५१९ जनाको नाम प्रहरीले फरार सूचीमा राखेको छ।

हिंसात्मक गतिविधिमा लागेको आरोपमा चन्द समूहका नेता–कार्यकर्ताविरुद्ध देशभरका अदालतमा एक हजार ८८ वटा मुद्दा दर्ता छन्।

पक्राउ परेकामध्ये ६१ जना सोधपुछपछि छुटेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ८३४ जनालाई अदालतले धरौटी र साधारण तारेखमा छाडेको छ।

१३७ जना पुर्पक्षका लागि कारागारमा र ८८ जना अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन्।

केन्द्रीयस्तरका नेताहरू पक्राउ पर्न थालेपछि महासचिव चन्दले स्थायी समिति र पोलिटब्यूरो नै भंग गरेका छन्।

त्यसको ठाउँमा पाँच सदस्यीय सचिवालय र ३५ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ।

प्रतिबन्धपछिको ८ महीनाको घटना र तथ्यांकसहित आजको कान्तिपुर दैनिकले समाचार छापेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्