विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरणको प्रक्रियामा अघि बढ्न संयुक्त प्रतिवेदन दुवै दलको केन्द्रीय र संघीय समितिमा प्रस्तुत गरिएको छ।
दुवै पार्टीका तर्फबाट आज एक संयुक्त विज्ञप्तिअनुसार दुवै दलको ‘संयुक्त प्रतिवेदन’ आज दुवै दलका समितिहरूमा प्रस्तुत गरिएको हो। सो प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय र संघीय समितिमा छलफल र अनुमोदन भई दुवै पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा भएपछि मात्र एकीकरणले पूर्णता पाउनेछ।
दुवै दलबीचका वार्ताका निष्कर्षको ‘संयुक्त प्रतिवेदन’ गत असोज २९ गते साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्इक्ष मिलन पाण्डेलाई बुझाइएको थियो। “सुसंस्कृत राजनीति, सुशासन, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता, समतामूलक समृद्धि र नेपाल रूपान्तरणको एउटै लक्ष्य बोकेका तथा आम नेपालीले वर्तमानको विकृत राजनीतिको विकल्पका रूपमा हेरेका दुई पार्टी एक” हुन लागेको विज्ञप्तिमा उल्लेख छ।
विगतका कमजोरीलाई स्वीकार्दै तथा जनभावनको कदर गर्दै असार ३१ गतेदेखि दुवै पार्टीले एकीकरण वार्ता सुरु गरेका थिए। विज्ञप्तिमा वार्ता प्रक्रियामा सहयोग गर्ने पार्टी नेतृत्व तथा सदस्यलाई धन्यवाद ज्ञापन पनि गरिएको छ।
" /> विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरणको प्रक्रियामा अघि बढ्न संयुक्त प्रतिवेदन दुवै दलको केन्द्रीय र संघीय समितिमा प्रस्तुत गरिएको छ।दुवै पार्टीका तर्फबाट आज एक संयुक्त विज्ञप्तिअनुसार दुवै दलको ‘संयुक्त प्रतिवेदन’ आज दुवै दलका समितिहरूमा प्रस्तुत गरिएको हो। सो प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय र संघीय समितिमा छलफल र अनुमोदन भई दुवै पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा भएपछि मात्र एकीकरणले पूर्णता पाउनेछ।

">