काठमाडौं। जनता समाजवादी पार्टी नेपालले प्रदेश स्तरका कमिटी २५ कात्तिकभित्र समायोजन गरी सक्ने गरी कार्यदल गठन गरेको छ।
हालै सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले ७५३ वटै स्थानीय तहको १५ मंसिरभित्र समायोजन गरिसक्ने लक्ष्य लिएको छ। त्यस्तै जिल्ला समन्वय र निर्वाचन क्षेत्र मंसिर ३० भित्र समायोजन सक्ने गरी गरी कार्ययोजना तय गरिएको छ।
जनवर्गीय संगठन, गैर भौगोलिक शिल्पीलगायतको समायोजन पनि मंसिरभित्रै सम्पन्न गर्ने गरी कार्यविभाजन गरिएको छ।
तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल एकीकरण भई जसपा नेपाल गठन भएको झन्डै ७ महिनापछि समायोजनको प्रक्रिया सुरू भएको हो।
केन्द्रीय कार्यकारिणी समितिबाहेक जसपाको कुनै पनि तहको संरचनामा समायोजन भएको छैन। समितिको बैठक कात्तिक ३-४ मा काठमाडौंमा बसेको थियो।
बैठकले प्रदेश १ मा समायोजनका लागि परशुराम खापुङ, परशुराम बस्नेत, केशव झा र मनिष सुमनसहित चारजनाको समिति बनाएको छ, परशुरामद्वय तत्कालीन समाजवादीका हुन् भने झा र सुमन राजपा नेपालका तर्फवाट चयन भएका हुन्।
प्रदेश २ मा रामसहायप्रसाद यादव, मृगेन्द्रसिंह यादव, विजय यादव र सुनील रोहित रहेका छन् भने बागमती प्रदेशमा गंगानारायण श्रेष्ठ, वृषेशचन्द्र लाल, अकवाल अहमद शाह र रणध्वज कन्दङ्वालाई जिम्मेवारी तोकिएको छ।
गण्डकी प्रदेशको समायोजनका लागि हेमराज राई र रमेश यादव तथा लुम्बिनी प्रदेशको समायोजन गर्न नवराज सुवेदी, मोहम्मद ईस्तियाक राई, सर्वेन्द्रनाथ शुक्ल र अमृता अग्रहरीलाई जिम्मेवारी तोकिएको छ।
कर्णाली प्रदेशमा भक्तबहादुर शाह र गोविन्द चौधरी तथा सुदूरपश्चिम प्रदेशमा दुर्गा सोब, नवराज सुवेदी, राजकुमार लेखी, चन्दा चौधरी र दानबहादुर विश्वकर्मा रहेका छन्।
भातृ तथा जनवर्गीय संगठन समायोजन सहजीकरण कार्यदल गठन गरिएको छ। जसअनुसार रकम चेम्जोङ, राम सहायप्रसाद यादव, हिसिला यमी, सुशीला श्रेष्ठ, उमाकान्त झा, वृषेशचन्द्र लाल, केशव झा, मनिस सुमन र दुर्गा सोबलाई जिम्मेवारी तोकिएको छ।
त्यसैगरी, गैर-भौगोलिक, शिल्पी र दलित विशेष प्रदेश सहजीकरण कार्यदलमा प्रकाश अधिकारी, दानबहादुर विश्वकर्मा, लक्ष्मणलाल कर्ण र महेन्द्रराय यादव रहेका छन्। प्रदेश क्षेत्र विशेष कार्यदलमा हिसिला यमी, रेणुकुमारी यादव र राजकिशोर यादव छन्।
पहिचानमा आधारित राष्ट्रिय समितिहरू समायोजन गर्नका लागि राजेन्द्र श्रेष्ठ, डमरु बल्लभ खतिवडा, रणध्वज कन्दङ्वा, अकवल अहमद शाह, केशव झा र सुनील रोहितले जिम्मेवारी पाएका छन्।
सो बैठकले डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्षमा निर्विरोध चयन गर्दै केन्द्रीय समितिको आकार बढाएर ८०१ जनाको बनाउने निर्णय पनि गरेको छ।
" /> काठमाडौं। जनता समाजवादी पार्टी नेपालले प्रदेश स्तरका कमिटी २५ कात्तिकभित्र समायोजन गरी सक्ने गरी कार्यदल गठन गरेको छ।हालै सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले ७५३ वटै स्थानीय तहको १५ मंसिरभित्र समायोजन गरिसक्ने लक्ष्य लिएको छ। त्यस्तै जिल्ला समन्वय र निर्वाचन क्षेत्र मंसिर ३० भित्र समायोजन सक्ने गरी गरी कार्ययोजना तय गरिएको छ।

">