काठमाडौं। भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग भेट भएको भनी आएको समाचारप्रति पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सचिवालयले आपत्ती जनाएको छ।
नेता नेपालको सचिवालले आज बिहान विज्ञप्ति जारी गर्दै उक्त समाचारको खण्डन गरेको हो।
'माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चारमाध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा सादर अनुरोध छ," विज्ञप्तिमा भनिएको छ।
आजै बिहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको सचिवालयले पनि रअका प्रमुखसँग भेट भएको भन्दै झुटा समाचार प्रसार गरिएकोमा ध्यानाकर्षण भएको जनाएको थियो।
" /> काठमाडौं। भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग भेट भएको भनी आएको समाचारप्रति पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सचिवालयले आपत्ती जनाएको छ।नेता नेपालको सचिवालले आज बिहान विज्ञप्ति जारी गर्दै उक्त समाचारको खण्डन गरेको हो।

">