नेकपा नेता जनार्दन शर्माले चीन सरकारले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनालाई नेपालले आफ्नो हित अनुकुल प्रयोग गर्नुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित सी चिनफिङ विचारधारा र बिआरआईः के विश्व व्यवस्था बदलिन्छ? गोष्ठीमा बोल्दै शर्माले बिआरआईको सही प्रयोग गरेर नेपाल समृद्धि र विकासमा अघि बढ्नुपर्ने बताएका हुन्।
नेकपा प्रादेशिक मामिला विभागका प्रमुख घनश्याम भुसालले प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै शर्माले चीनले आफ्नो देशको मात्रै नभएर विश्वकै विकासको कुरा गरेको बताए । उनले भने,“बिआरआईमार्फत् चीनले विश्वकै विकासको कुरा गरेको छ, हामीले परियोजनालाई हाम्रो हितमा प्रयोग गर्नुपर्छ।”
विश्व व्यवस्था एशियातिर सरेको चर्चा चल्ने गरेको जनाउँदै नेता भुसालले त्यही कुराबाट अतालिएर चीन विरोधी शक्ति ऊ विरुद्ध लागेको कार्यपत्रमा दाबी गरेका छन्।
त्यस्तै कार्यक्रममा बोल्दै नेकपा नेता सुरेन्द्र पाण्डेले एशियाको विकासका लागि चीनले गरेको पहललाई स्वागत गर्नुपर्ने बताएका छन् ।