कोरोनाबाट जोगिएर दसैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दसैँ मनाउन आग्रह गरेका छन्।

मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दसैँ मनाउन सबै नागरिकलाई अनुरोध गरेका हुन्।

दसैँका नाममा जताततै भीड गर्ने, हुल बाँधेर रमाइलो गर्ने जस्ता कार्य नगर्न तथा नगराउन मुख्यमन्त्री भट्टले सबै सुदूरपश्चिमेलीमा आग्रह गरेका छन्।

मुख्यमन्त्री भट्टले भने, “स्वास्थ्यभन्दा ठूलो अरू कुनै छैन, यस वर्ष ज्यान जोगाएर पर्व मनाउनुस्, अर्को वर्ष झनै रमाइलो पर्व मनाउन पाइने छ।”

उनले ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्यावस्थाका व्यक्तिको विशेष ख्याल गर्न पनि सुझाव दिएका छन्।

मुख्यमन्त्री भट्टले कोरोना संक्रमणले समग्र सुदूरपश्चिम पनि आक्रान्त बन्दै गएकाले त्यसप्रति सचेत हुन अनुरोध गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्