काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच कोभिड-१९ को ‘कन्टयाक्ट ट्रेसिङ’ कारण भेट हुन सकिरहेको छैन।

नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई कोभिड-१९ भएपछि अध्यक्ष प्रचण्ड ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका कारण प्रधानमन्त्रीसँग भेट नभएको प्रचण्डको सचिवालयले जनाएको छ।

“जनार्दन कमरेडलाई कोरोना देखा परेपछि प्रचण्डसहित सबै कन्ट्याक्ट ट्रेसिङमा हुनुहुन्छ, जसका कारण उहाँ र प्रधानमन्त्री बीचमा भेटघाट हुन नसकेको हो,” प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले देखापढीसँग भने, “केही दिनमा अध्यक्षज्यूको पीसीआर टेस्ट गरेपछि भेटघाट हुनेछ।”

नेकपाभित्र अध्यक्षद्वय ओली र प्रचण्ड बीचमा विवादका कारण भेटघाट हुन नसकेको तर्कमा कुनै दम नरहेको प्रेस संयोजक सापकोटाको भनाइ छ।

उनका अनुसार पीसीआर रिपाेर्ट नेगेटिभ आउने बित्तिकै प्रचण्ड र प्रधानमन्त्री ओलीका बीचमा पुनः संवाद प्रक्रिया सुरु हुनेछ। गत कात्तिक ११ गते शर्मालाई कोभिड-१९ देखा परेको थियो।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावले नेकपाका शीर्ष नेताका बीचमा विवाद देखा परेपछि यतिखेर संवादहीनताको अवस्था छ।

गत कात्तिक ३ गते यता ओली-प्रचण्ड बीचमा भेटघाट हुनुको सट्टा कर्णाली प्रदेशको सबालमा फरक-फरक विज्ञप्ति र निर्देशन भने आइरहेका कारण नेकपा विवादले अर्को मोड लिएको विश्लेषकहरूले प्रक्षेपण गरिरहेको बेला प्रचण्ड सचिवालयले ‘कन्टयाक्ट ट्रेसिङ’का कारण भेटघाट हुन नसकेको जनाएको हो।

" /> काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच कोभिड-१९ को ‘कन्टयाक्ट ट्रेसिङ’ कारण भेट हुन सकिरहेको छैन।

नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई कोभिड-१९ भएपछि अध्यक्ष प्रचण्ड ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका कारण प्रधानमन्त्रीसँग भेट नभएको प्रचण्डको सचिवालयले जनाएको छ।

“जनार्दन कमरेडलाई कोरोना देखा परेपछि प्रचण्डसहित सबै कन्ट्याक्ट ट्रेसिङमा हुनुहुन्छ, जसका कारण उहाँ र प्रधानमन्त्री बीचमा भेटघाट हुन नसकेको हो,” प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले देखापढीसँग भने, “केही दिनमा अध्यक्षज्यूको पीसीआर टेस्ट गरेपछि भेटघाट हुनेछ।”

नेकपाभित्र अध्यक्षद्वय ओली र प्रचण्ड बीचमा विवादका कारण भेटघाट हुन नसकेको तर्कमा कुनै दम नरहेको प्रेस संयोजक सापकोटाको भनाइ छ।

उनका अनुसार पीसीआर रिपाेर्ट नेगेटिभ आउने बित्तिकै प्रचण्ड र प्रधानमन्त्री ओलीका बीचमा पुनः संवाद प्रक्रिया सुरु हुनेछ। गत कात्तिक ११ गते शर्मालाई कोभिड-१९ देखा परेको थियो।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावले नेकपाका शीर्ष नेताका बीचमा विवाद देखा परेपछि यतिखेर संवादहीनताको अवस्था छ।

गत कात्तिक ३ गते यता ओली-प्रचण्ड बीचमा भेटघाट हुनुको सट्टा कर्णाली प्रदेशको सबालमा फरक-फरक विज्ञप्ति र निर्देशन भने आइरहेका कारण नेकपा विवादले अर्को मोड लिएको विश्लेषकहरूले प्रक्षेपण गरिरहेको बेला प्रचण्ड सचिवालयले ‘कन्टयाक्ट ट्रेसिङ’का कारण भेटघाट हुन नसकेको जनाएको हो।

"> कन्ट्याक्ट ट्रेसिङका कारण प्रधानमन्त्रीसँग भेट नभएको हो: प्रचण्ड सचिवालय: Dekhapadhi
कन्ट्याक्ट ट्रेसिङका कारण प्रधानमन्त्रीसँग भेट नभएको हो: प्रचण्ड सचिवालय
काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच कोभिड-१९ को ‘कन्टयाक्ट ट्रेसिङ’ कारण भेट हुन सकिरहेको छैन।

नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई कोभिड-१९ भएपछि अध्यक्ष प्रचण्ड ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका कारण प्रधानमन्त्रीसँग भेट नभएको प्रचण्डको सचिवालयले जनाएको छ।

“जनार्दन कमरेडलाई कोरोना देखा परेपछि प्रचण्डसहित सबै कन्ट्याक्ट ट्रेसिङमा हुनुहुन्छ, जसका कारण उहाँ र प्रधानमन्त्री बीचमा भेटघाट हुन नसकेको हो,” प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले देखापढीसँग भने, “केही दिनमा अध्यक्षज्यूको पीसीआर टेस्ट गरेपछि भेटघाट हुनेछ।”

नेकपाभित्र अध्यक्षद्वय ओली र प्रचण्ड बीचमा विवादका कारण भेटघाट हुन नसकेको तर्कमा कुनै दम नरहेको प्रेस संयोजक सापकोटाको भनाइ छ।

उनका अनुसार पीसीआर रिपाेर्ट नेगेटिभ आउने बित्तिकै प्रचण्ड र प्रधानमन्त्री ओलीका बीचमा पुनः संवाद प्रक्रिया सुरु हुनेछ। गत कात्तिक ११ गते शर्मालाई कोभिड-१९ देखा परेको थियो।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावले नेकपाका शीर्ष नेताका बीचमा विवाद देखा परेपछि यतिखेर संवादहीनताको अवस्था छ।

गत कात्तिक ३ गते यता ओली-प्रचण्ड बीचमा भेटघाट हुनुको सट्टा कर्णाली प्रदेशको सबालमा फरक-फरक विज्ञप्ति र निर्देशन भने आइरहेका कारण नेकपा विवादले अर्को मोड लिएको विश्लेषकहरूले प्रक्षेपण गरिरहेको बेला प्रचण्ड सचिवालयले ‘कन्टयाक्ट ट्रेसिङ’का कारण भेटघाट हुन नसकेको जनाएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्