काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठबीच व्यक्तिगत भेटघाट नभएको ६ महिना बितेको छ।

गत वैशाख २० गतेको सचिवालय बैठक सम्पन्न भएको एक हप्तापछि अध्यक्ष ओली र प्रवक्ता श्रेष्ठबीच व्यक्तिगत भेटघाट भए पनि त्यसपछि एकपटक पनि भेटघाट नभएको ६ महिना बितेको हो।

प्रधानमन्त्री ओलीले व्यक्तिगत भेटघाटका लागि नबोलाएकाले वैशाख २० गतेयता भेटघाट हुन नसकेको प्रवक्ता श्रेष्ठको भनाइ छ। “वैशाख २० को सचिवालय बैठकपछिका एक हप्ताका बीचमा केपी कमरेड र मेरो व्यक्तिगत भेटघाट भएको थियो, त्यसपछि आजसम्म हुन सकेको छैन,’ श्रेष्ठले देखापढीको जिज्ञासामा भने, “पार्टी अध्यक्ष र प्रवक्ताका बीचमा त खासमा दिनदिनै भेटघाट हुनुपर्ने हो, तर त्यो हुन अझै सकेको छैन।”

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई आवश्यक सहयोग, सल्लाह र राय नचाहिएकाले पनि भेटघाटका लागि निम्तो नआएको हुनसक्ने श्रेष्ठको अनुमान छ।

वैशाख २० को सचिवालय बैठक सम्पन्न भएपछि प्रधानमन्त्री ओलीलाई आफूले सरकार सञ्चालनका बारेमा कम्तीमा सचिवालयमा छलफल गर्न सुझाव दिएको श्रेष्ठ स्मरण गर्छन्।

“प्रतिनिधि सभाको यस कार्यकालभरी नै तपाईँले सरकार सञ्चालन गर्ने हो, तर सरकार सञ्चालन गर्ने क्रममा महत्त्वपुर्ण निर्णय लिँदा कम्तीमा सचिवालय बैठक डाकेर निष्कर्षमा पुग्न सुझाव दिएर आएको थिएँ,” श्रेष्ठ भन्छन्।

प्रधानमन्त्री ओलीले आफ्नो सुझावलाई सोहीबेला ग्रहण गरेको भए पनि त्यसपछि भेटघाटका लागि कहिल्यै निम्तो नगरेको श्रेष्ठको भनाइ छ। सामूहिक रूपमा सञ्चालन हुने सचिवालय बैठक, स्थायी कमिटी बैठकमा आमुन्ने–सामुन्ने भएपछि प्रधानमन्त्री ओली र श्रेष्ठका बीचमा व्यक्तिगत रूपमा दोहोरो संवाद भने हुनसकेको छैन।

श्रेष्ठले नेकपाभित्रको पछिल्लो विवाद हल गर्नका लागि सचिवालय बैठक बोलाउनुपर्ने माग कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राखेका छन्।

“दुई–तीन दिनअघि अध्यक्ष प्रचण्डलाई भेटघाट गरेर कर्णाली प्रदेशलगायतका विवाद हल गर्नका लागि सचिवालय बैठक बोलाउनुहोस् भनेको छु, उहाँ त्यसमा सकारात्मक हुनुहुन्छ,” श्रेष्ठले भने। स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन गर्नका लागि र त्यसको समीक्षा गर्नका लागि सचिवालय बैठक आवश्यक भएको श्रेष्ठको भनाइ छ।

" /> काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठबीच व्यक्तिगत भेटघाट नभएको ६ महिना बितेको छ।

"> नेकपा अध्यक्ष र प्रवक्ताबीच ६ महिनायता व्यक्तिगत भेटघाट बन्द: Dekhapadhi
नेकपा अध्यक्ष र प्रवक्ताबीच ६ महिनायता व्यक्तिगत भेटघाट बन्द

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्