काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर मन्त्रीले राजीनामा नदिएपछि कर्णाली प्रदेशमा आज गर्ने भनिएको मन्त्रीमण्डल पुनर्गठन अन्तिम समयमा रोकिन पुगेको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ओली पक्षधर दुई मन्त्रीलाई हटाएर सो स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरलाई राख्ने प्रयास अन्तिममा रोकिएको हो।
मुख्यमन्त्री शाहीले ओली पक्षधर दुई मन्त्री दलबहादुर रावल र नन्दबहादुर बुढालाई राजीनामा दिनका लागि शनिबार साँझ नै निर्देशन दिएका थिए। तर, मुख्यमन्त्रीको निर्देशन अस्वीकार गर्दै दुवै मन्त्रीले राजीनामा नदिने बरू बर्खास्त सहने अडान राख्दै आएका छन्।
‘‘मुख्यमन्त्रीले राजीनामा गर्न दिएको निर्देशन दुवै मन्त्रीले अस्वीकार गरेपछि बर्खास्त गर्दा थप समस्या आउने देखिएपछि मुख्यमन्त्री रोकिनुभएको हो,’’ मुख्यमन्त्रीनिकट एक नेताले भने, ‘‘दुई/चार दिन हेरेर थप निर्णय लिनुहुने छ।’’
उनका अनुसार बर्खास्त गरेर मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रयासले पार्टीभित्र समस्या आउने विश्लेषण मुख्यमन्त्रीले गरेका छन्।
गत असोज २५ गते मुख्यमन्त्री शाहीविरूद्ध बहुमत सदस्यले अविश्वासको प्रस्ताव पेस गरेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र किचलो बढ्दै गएको छ। कर्णाली प्रदेशको किचलो समाधान हुने भन्दा पनि झन् जटिल बन्दै गएपछि नेकपाको नेतृत्त्व तहसमेत विवादमा परेको छ।
मुख्यमन्त्री शाहीले ओली पक्षधरका नेतालाई हटाएर नेपाल पक्षधरका नेतालाई मन्त्री बनाउने जनाए पनि नाम भने अझै निर्णय भइसकेको थिएन।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफूनिकट दुई मन्त्रीलाई राजीनामा नदिन र बर्खास्तको सामना गर्न निर्देशन दिएका थिए। सोहीअनुसार मन्त्रीद्वय रावल र बुढाले राजीनामा नदिएका हुन्।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर मन्त्रीले राजीनामा नदिएपछि कर्णाली प्रदेशमा आज गर्ने भनिएको मन्त्रीमण्डल पुनर्गठन अन्तिम समयमा रोकिन पुगेको छ।मुख्यमन्त्री शाहीले ओली पक्षधर दुई मन्त्री दलबहादुर रावल र नन्दबहादुर बुढालाई राजीनामा दिनका लागि शनिबार साँझ नै निर्देशन दिएका थिए। तर, मुख्यमन्त्रीको निर्देशन अस्वीकार गर्दै दुवै मन्त्रीले राजीनामा नदिने बरू बर्खास्त सहने अडान राख्दै आएका छन्।

">