काठमाडौं। प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्त्वको पार्टीकी ललितपुर जिल्ला सेक्रेटरी पक्राउ परेकी छिन्।
ललितपुरकै भीमसेन मन्दिर नजिक कोणसभामा रहेकी सविता अधिकारी ‘विदुषी’ लाई प्रहरीले पक्राउ गरेको हो।
उनी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-२ मा बस्दै आएकी थिइन्। महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता तथा डीएसपी सन्तोष तामाङले विदुषी हातहतियार तथा खरखजनासँगै विष्फोटक पदार्थसम्बन्धी कसूरमा फरार रहेको बताए।
उनी जाजरकोटको छेडागाड नगरपालिका-९ की हुन्। उनको साथबाट प्रहरीले विप्लव समूहसँग सम्बन्धित दस्तावेज फेला पारी बरामद गरेको डीएसपी तामाङले बताए।
विदुषीलाई आइतबार जिल्ला अदालत ललितपुरमा पेस गरी म्याद थप गराएको र अनुसन्धान थालिएको उनले बताए।