काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले सरकार र सत्तारुढ दल नेकपा कोरोना महामारी व्यवस्थापनलाई पूर्ण बेवास्ता गरेर पार्टीभित्रको झगडा जित्न मात्र उद्धत रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले झगडा जित्ने बाहेक केही चिन्ता नदेखिएको पनि आरोप लगाए।
“हजारौं मानिसलाई कोरोना भाइरस संक्रमण भइरहेको छ, काठमाडौंमा मात्र दैनिक झण्डै १५०० संक्रमित छन्”, राप्रपा अध्यक्ष राणाले सोमबार ट्वीट गर्दै भने, “तर ,रोग निवारण र व्यवस्थापनमा सरकारको पूर्ण बेवास्ता छ, कुनै ध्यान छैन।”
कोरोना संक्रमण महामारीले भयावह स्थिति निम्तिएको बेला सरकार र सत्तारुढ दलबाट लापारबाही भएको भन्दै अध्यक्ष राणाले आलोचना गरेका छन् ।
उनले “सरकार र सत्तारुढ दलबाट यस्तो लापरवाही कति दिन चल्ने ?” भन्दै आक्रोश व्यक्त गरे।
" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले सरकार र सत्तारुढ दल नेकपा कोरोना महामारी व्यवस्थापनलाई पूर्ण बेवास्ता गरेर पार्टीभित्रको झगडा जित्न मात्र उद्धत रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।उनले झगडा जित्ने बाहेक केही चिन्ता नदेखिएको पनि आरोप लगाए।

">