काठमाडौं। जापान सरकारले पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई विदेशीलाई सम्मान गरिने उच्च सम्मान प्रदान गर्ने घोषणा गरेको छ।
जापानले आज पूर्वमन्त्री पाण्डेलाई ‘ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन्’बाट सम्मानित गर्ने घोषणा गरेको हो।
द राइजिङ सन् जापानमा विदेशीलाई दिइने सबैभन्दा ठूलो सम्मानमध्ये एक हो।
नेपाल–जापान कूटनीतिक सम्बन्धलाई मजबुत बनाउन उनले विशेष भूमिका खेलेको कारण उक्त सम्मानबाट सम्मानित गर्न लागिएको काठमाडौंस्थित जापानी दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
पाण्डे सन् १९८६ मा पर्यटन मन्त्री रहँदा जापान–नेपाल–चीन त्रिदेशीय सगरमाथा प्रदर्शनीको आयोजना गरेका थिए।
नेपालको यात्रा गर्ने पहिलो जापानी भिक्षु इकाइ कावागुछीको टिकट पनि उनले सन् २००२ मा उनले सार्वजनिक गरेका थिए, जतिबेला उनी सूचना तथा सञ्चार मन्त्री थिए। सन् २००५ मा परराष्ट्र मन्त्रीको रूपमा पाण्डेले जापानको भ्रमण गरेका थिए।
" /> काठमाडौं। जापान सरकारले पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई विदेशीलाई सम्मान गरिने उच्च सम्मान प्रदान गर्ने घोषणा गरेको छ।जापानले आज पूर्वमन्त्री पाण्डेलाई ‘ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन्’बाट सम्मानित गर्ने घोषणा गरेको हो।

">