काठमाडौँ। चिनियाँ विदेश मन्त्रालयले नेपाली भू–भाग चीनले मिच्यो भन्ने रिपोर्ट पूर्ण रूपमा निराधार रहेको बताएको छ। यो अफवाह फैलाउने उद्देश्यले आएकोसमेत चीनले स्पष्ट पारेको छ।
मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले नेपाली भूमि मिचेको भन्ने कुरालाई निराधार बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ।
बेलाबखत चीनले १५० हेक्टरभन्दा बढी नेपाली जमिन मिचेको भन्ने समाचार विभिन्न मिडियामा आउने गरेका छन्। केही दिन अघि परराष्ट्र मन्त्रालयले पनि यस्तै समाचार आएपछि चीनले नेपाली भूमि अतिक्रमण नगरेको स्पष्ट पारेको थियो।
" /> काठमाडौँ। चिनियाँ विदेश मन्त्रालयले नेपाली भू–भाग चीनले मिच्यो भन्ने रिपोर्ट पूर्ण रूपमा निराधार रहेको बताएको छ। यो अफवाह फैलाउने उद्देश्यले आएकोसमेत चीनले स्पष्ट पारेको छ।मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले नेपाली भूमि मिचेको भन्ने कुरालाई निराधार बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ।

">