काठमाडौँ। “ममाथिको अविश्वास कुनै कामको कारणले होइन रहेछ, मन फाटेको, चित्त काटिएको, कमलो मन दुखेको, चित्त नबुझेको आदि कारणहरूले रहेछ, मेरो मित्रको च्यातिएको मन अरुणा लामाको गीतमा भनेझैँ धेरैपल्ट सिउने कोशिश गरेँ, मैले एकल र सामूहिक रूपमा, कहिले साँझ, कहिले अलि अबेलासम्म, कहिले बिहान, कहिले दिन धेरैपटक मन तुन्ने काममा बिताएको छ। तर भयो के भने आज तुनेर पठाउँछु, भोलिपल्ट बिहान आउँदा अर्कापट्टि फाट्या छु। फेरी तुनेर पठायो, अर्को दिन आउँदा अर्कोपट्टि फाट्या छ, अब यसपछि सहकार्य गर्ने साथीहरूलाई यसका अनुभव काम लागून्, होसियार हुनुहोला, याद गर्नुहोला।”
निक्कै चर्चा र विवाद भएको यो भनाइ प्रधानमन्त्रीका रूपमा पहिलो कार्यकालबाट राजीनामा दिन बाध्य भएपछि केपी शर्मा ओलीले २०७३ साउन ९ गते संसदमा दिएका भाषणको अंश हो। तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग भइरहेको सहकार्य तोड्दै नेपाली कांग्रेससँग मिलेर प्रधानमन्त्री बन्ने निर्णय लिएपछि ओलीले प्रचण्डको स्वभावका बारेमा यसरी बह पोखेका थिए।
अहिले पनि प्रचण्डप्रति ओलीको बुझाइ त्यस्तै भएको छ। प्रचण्डबाट फेरि हैरान हुनुपरेको महसुस भएपछि ओलीले पार्टीका अर्का अध्यक्षलाई गत शनिबार सिधै भनिदिए, “अब अलग अलग होऔँ, सँगै नबसौँ।”
ओलीको त्यो भनाइलाई ‘सहमतिमा अलग हुने’ प्रस्तावका रूपमा बयान गरेर प्रचण्डले गत आइतबार सचिवालयका ६ जना सदस्यसँग ‘बिफ्रिङ’ गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र ‘विभाजनको बहस’ सुरु भएको छ।
कार्यकारी अध्यक्ष प्रचण्डलाई ‘सँगै बस्न नसक्ने अवस्था नभएकाले अलग हुने’ प्रस्ताव गरेको भनिएका ओलीले अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग भने सहकार्यको प्रस्ताव गरिरहेका छन्, ओलीको उक्त प्रस्तावमा नेपाल विश्वस्त भएका त छैनन् तर गम्भीर भने छन्। गत कात्तिक ४ र कात्र्तिक ११ गते नेपाललाई बालुवाटारमै बोलाएर प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गरेपछि घटनाक्रम कसरी अघि बढ्यो त?
ओली र नेपालनिकट नेताहरूको विषयमा पूर्व एमालेका मुख्य दुई नेताबीच सहकार्यको आधार तय गर्ने गरी घटनाक्रम धेरै विकसित हुँदै छ।
आज अपराह्न मात्रै पनि ओलीनिकट महासचिव विष्णुप्रसाद पौडेल र नेपालनिकट स्थायी कमिटि सदस्य भीम रावलबीच राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा भएको भेट त्यसैको लागि भएको बताइन्छ। पौडेल र नेपालबीचको भेटलाई ‘अर्थपूर्ण’ मान्ने एक नेताका अनुसार ओली-नेपालबीच “टुटेको सबन्ध जोड्न र आगामी दिनमा सहकार्य गर्र्ने” विषयमा पौडेल र रावलले छलफल सुरु गरेका छन्।
उप-प्रधानमन्त्री इश्वर पोखरेलले पनि आफूनिकटसँग प्रचण्डसँगको सहकार्य टुटाएर नेपालसँग सहकार्य बढाउनुपर्ने तर्क गर्न सुरु गरेका छन्। सोमबार मात्रै खुलेर “प्रचण्डका कारण पार्टी भित्र समस्या देखा परेको” अभिव्यक्ति दिइसकेका नेता पोखरेलले नेपालसँग सहकार्य बढाउनुपर्नेमा जोड गर्न थालेको उनीनिकट नेताहरूले बताएका छन्।
गत आइतबार लाजिम्पाटमा एक भेला बोलाएर त्यसका लागि पहल गर्नुपर्ने भन्दै सचिवालय सदस्य पोखरेलले चौतर्फी दबाब बढाउन आह्वान गरेका थिए।
यसअघि गत शनिबार प्रधानमन्त्री ओलीनिकट नेताहरूले पुराना नेता प्रदीप नेपाल निवास पुगेर वरिष्ठ नेता नेपाललाई सहकार्यका लागि मनाइदिन आग्रह गरिसकेका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापालगायतका नेताहरूले प्रदीप नेपालको निवास पुगेर सो आग्रह गरेका थिए।
“उहाँहरू ओलीजीसँग सहकार्यका लागि नेपालजीलाई मनाइदिनु प¥यो भनेर आउनुभएको थियो। मैले सकेको सहयोग गर्छु भनेर पठाएको छु,” प्रदीप नेपालले सार्वजनिक रूपमा सो भेटका बारेमा जानकारी दिइसकेका छन्। उनका अनुसार ओली–नेपालबीच लामो समयसम्म सहकार्य गराउनका लागि आफूले पहलकदमी गर्ने प्रतिबद्धता जनाएर प्रधानमन्त्रीको टिमलाई फर्काएका थिए।
प्रधानमन्त्रीको टिम फर्केको दुई दिनपछि सोमबार वरिष्ठ नेता माधव नेपाल पुराना सहकर्मी प्रदीप नेपालको गोठाटारस्थित निवास पुगेका थिए। जहरसिंह पौवाको एक कार्यक्रमबाट फर्किने क्रममा वरिष्ठ नेता नेपाल प्रदीप नेपालको निवासमा छिरेका थिए।
भेटमा प्रदीप नेपालले वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्रीको ‘सहकार्य प्रस्ताव’ स्वीकार्न अनुरोध गरेका थिए। “पूर्व एमालेहरू मिले मात्र देश र कम्युनिष्ट आन्दोलनलाई उचाइ दिन सकिन्छ र तपाईँ भावनात्मक रूपमा जोडिनुभएको जबजलाई पनि स्थापित गर्न सकिन्छ” भन्दै प्रदीप नेपालले वरिष्ठ नेता नेपाललाई ओलीसँग सहकार्य गर्न मनाउने प्रयास गरेका थिए।
भेटमा वरिष्ठ नेता नेपालले आफू “सहकार्यका लागि सधै तयार रहेको तर प्रधानमन्त्री ओलीको व्यवहारका कारण समस्या हुँदै आएको” भन्दै ओलीलाई सच्चिएर आउने वातावरण बनाउन प्रदीप नेपाललाई जवाफ दिएको उनीनिकट एक नेताले बताएका छन्।
“यी सबै घटनाक्रमले आगामी दिनमा ओली-नेपालबीच सहकार्य हुने सम्भावना बलियो बन्दै गएको त छ, तर यसै भन्नसक्ने अवस्था छैन,” नेपालनिकट ती नेताले भने, “त्यसका लागि दुवैतिरका नेताले मेहनत गरिरहेका छन्, परिणाम आइसकेको छैन।”
ओली-नेपालबीच सम्बन्ध टुटेका कारण प्रचण्डले पूर्व एमालेमा खेल्न पाएको निष्कर्षमा यतिखेर दुवै नेता पुगेको उनको भनाइ छ।
नेपालनिकट केन्द्रीय सदस्य विष्णु रिजाल पनि नेकपाभित्रका पूर्व एमालेहरू नमिलेका कारण झगडा र विवाद भएको तर्क गर्छन्।
“नेकपा भित्रको झगडा पूर्व एमालेहरूबीचको हो। उनीहरू नमिलेका कारण नेकपामा झगडा बढेको हो। मिल्नेबितिक्कै धेरैजसो समस्या समाधान हुन्छ,” रिजालले देखापढीसँगको अन्तर्वार्तामा भनेका छन्।
ओली-नेपालबीच सहकार्यको प्रयास जारी रहे पनि खासै प्रगति भने हुनसकेको छैन। नेपाल पक्षका नेताहरूको बुझाइ छ, “ओलीले महाधिवेशनपछि नेतृत्व गर्नसम्म तयार हुनु र त्यसमा आफ्नो साथ रहने मौखिक आश्वासन दिए पनि ठोस प्रस्ताव गरेका छैनन्। त्यही कारण अहिलेको अवस्थामा ओलीको प्रस्तावमा पूरा विश्वास गर्न सकिन्न।”
ओलीको सहकार्य प्रस्तावमा विश्वास गर्न नसके पनि यसपटक वरिष्ठ नेता नेपाल त्यसमा गम्भीर भने भएका छन्। उनी निकट एक नेताका अनुसार महाधिवेशनपछि नेतृत्व, संघीय मन्त्रीमण्डल पुनर्गठन, प्रदेश मुख्यमन्त्री हेरफेर, राजनीतिक नियुक्ति, जनताको बहुदलीय जनवाद (जबज)लगायत विषयमा प्याकेजमा सहमति गरेर मात्रै नेपालले ओलीसँग सहकार्य गर्ने सम्भावना छ।
ओलीबाट सहकार्यको प्रस्तावसँगै दोस्रो तहका नेताहरूबाट समेत प्रयास सुरु भएपछि ‘पार्टी विभाजन’सम्मको बहस चल्दा पनि वरिष्ठ नेता नेपाल पूर्ण रूपमा मौन छन्। सोमबार बिहान जहरसिंह पौवा, शंखरापुर पुगेका नेपालले सञ्चारकर्मीसँग पार्टी विवादका विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका थिए।
थप पढ्नुहाेस्
प्रचण्डलाई परराष्ट्रमन्त्रीको कुरा मन परेपछि ओलीले सोधे, ‘नाश हुने हो?’
खुमलटारमा प्रचण्डको ब्रिफ्रिङ: प्रधानमन्त्रीले अलग हुने प्रस्ताव गर्नुभयो
सामान्त गोयल फर्केलगत्तै प्रचण्ड पुत्रीद्वय अचानक नयाँदिल्लीमा
प्रधानमन्त्री हटाउने प्रचण्डकाे प्रस्ताव थापाद्वारा अस्वीकार, श्रेष्ठसँग खुमलटारमै वादविवाद
खुमलटारमा प्रचण्डको बिफ्रिङ : अबको प्रधानमन्त्री माधव नेपाल
नेकपा प्रवक्ता श्रेष्ठले भने- पार्टी एकताको पक्षमा उभिऔं
सचिवालय सदस्य पोखरेलले भने- पूर्वसमूह भित्रको आबद्धताको आधारमा समीकरण बनाउनु दुर्भाग्य
" /> काठमाडौँ। “ममाथिको अविश्वास कुनै कामको कारणले होइन रहेछ, मन फाटेको, चित्त काटिएको, कमलो मन दुखेको, चित्त नबुझेको आदि कारणहरूले रहेछ, मेरो मित्रको च्यातिएको मन अरुणा लामाको गीतमा भनेझैँ धेरैपल्ट सिउने कोशिश गरेँ, मैले एकल र सामूहिक रूपमा, कहिले साँझ, कहिले अलि अबेलासम्म, कहिले बिहान, कहिले दिन धेरैपटक मन तुन्ने काममा बिताएको छ। तर भयो के भने आज तुनेर पठाउँछु, भोलिपल्ट बिहान आउँदा अर्कापट्टि फाट्या छु। फेरी तुनेर पठायो, अर्को दिन आउँदा अर्कोपट्टि फाट्या छ, अब यसपछि सहकार्य गर्ने साथीहरूलाई यसका अनुभव काम लागून्, होसियार हुनुहोला, याद गर्नुहोला।”

">