काठमाडौं। नेकपा विभाजनको हल्ला चलेको पाँच दिन पछि आफूलाई भेट्न आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अधिकारको जिम्मेवारी पाएको एक वर्षमा के–के काम गर्नुभयो भनेर प्रश्न गरेका छन्।
कार्यकारी अध्यक्ष दाहालसँगको भेटमा प्रधानमन्त्री ओलीले दाहालको जिम्मेवारीसँग जोडिएको एक दर्जनभन्दा बढी प्रश्न गरेका थिए। ओलीको प्रश्नमा नाजवाफ बनेका दाहाल अर्काे दिन फेरि भेट्न आउने गरी एक घण्टा छलफल गरेर बाहिरिएका थिए।
“गत बर्ष नै सचिवालयवाट निर्णय गरेर कार्यकारी अधिकारसहित अध्यक्ष बनाएको बर्ष दिन पुग्न लाग्यो। यस बिचमा तपाईले पार्टीलाई अगाडी बढाउने र गतिदिने काम के-के गर्नुभयो ?” प्रधानमन्त्रीलाई उधृृत गर्दै स्रोतले भन्यो, “गएको स्थायी कमिटी बैठकले पनि १० दिन भित्र पार्टीको सम्पुर्ण विवाद हल गर्ने निर्णय गरेको थियो। त्यसमा के–कति प्रगति गर्नुभयो ? महाधिवेशन केन्द्रित के–के काम गर्नुभयो ? भनेर प्रधानमन्त्रीले साेध्नुभएकाे छ।”
आजको भेटमा प्रधानमन्त्री ओलीले आफनो भूमिका बिर्सिएर सरकारको आलोचना गर्न र सरकारलाई असहयोग गर्न मात्रै लागेको भन्दै दाहालको भूमिकामाथि गम्भिर प्रश्न उठाएका छन्।
“स्थायी कमिटीले मलाई सरकारको र तपाईलाई पार्टीको सम्पूर्ण काम हेर्ने जिम्मेवारी दिएपछि म एकदिन पनि वालुवाटारबाट निस्केको छैन। यसबीचमा तपाईले पार्टीलाई महाधिवेसनमा होम्ने गरी के कति काम गर्नुभयो ?” प्रधानमन्त्री ओलीले प्रचण्डलाई अर्को प्रश्न गरेका थिए।
मन्त्रीमण्डल पुर्नगठन गर्न नदिएको कसले हो ? भनेर पनि ओलीले आज दाहाललाई सोधेको छन्। मन्त्रीमण्डल पुर्नगठन गर्दा सबैलाई हटाउनुपर्ने प्रचण्डको शर्त ओलीले अस्वीकार गरेको र पूर्व माओवादी समुहबाट नाम दिन पटक–पटक आग्रह गर्दा पनि नदिए पछि तीन जना मन्त्रीलाई समावेश गरेर मन्त्रीमण्डल पुर्नगठन भएको प्रधानमन्त्री निकट स्रोत बताउँछ। वालुवाटारमा भएको छलफल भन्दा भिन्न तरिकाले बाहिर प्रस्तुत भएको भन्दै प्रचण्डसँग प्रधानमन्त्री ओलीले जवाफ मागेका छन्।
“तपाई भन्नुहुन्छ, म बाहेक सबैलाई निकालेर मन्त्रीमण्डल पुर्नगठन गरौं, त्यो कसरी सम्भवः हुन्छ ? उनीहरुलाई पहिला निकालेर पुनर्नियुक्ती गर्दा अपमान हुदैन ? मैले यही भनेर मन्त्रीमण्डल पुर्नगठन नगरेको होइन र ?” प्रधानमन्त्री ओलीले आजका भेटमा दाहाललाई प्रश्न गरे, “त्यसपछि सहमतिको आधारमा मैले तीन मन्त्री फेरेको हुँ तर तपाई बाहिर गएर सल्लाह नै गरेन भन्नुहुन्छ। दशैं अघि कयौं पटक सल्लाह भएको किन बिर्सनु भएको ?” वालुवाटारमा आउँदा एउटा कुरा गर्ने र बाहिर गएर अर्कै कुरा भन्ने दोधारे नीति छाड्न पनि प्रधानमन्त्रीले प्रचण्डलाई सुझाव दिएका छन्।
पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिका र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदुतमा सिफारिस गर्दा प्रचण्डले सहमती जनाएको विषय पनि आज ओलीले दाहाललाई स्मरण गराएको प्रधानमन्त्री निकट एक नेताले बताए।
“खतिवडाजी र रेग्मीलाई सिफारिस गर्दा तपाईले सहमती नै जनाएको हो तर समावेशी बनाउनुपर्छ भनेर मैले जम्मा एक जनाको नाम उल्लेख गरेको न हो, त्यसमा पनि त्यतिबेला तपाईको विरोध थिएन”, प्रधानमन्त्रीले दाहाललाई फेरि सोधेका थिए, “वालुवाटारमा एउटा कुरा गर्ने, यहाँ सहमति गरेर जाने अनि खुमलटारा पुगेपछि अर्को कुरा गर्ने ? तपाईको यो तरिका भएन।” आजको भेटमा प्रधानमन्त्री ओलीले वालुवाटार र खुमलटार जहाँ रहे पनि एउटै तर्क गर्न सुझाव दिएर प्रचण्डसँग कुराकानी समापन गर्न खोजेका थिए।
सचिवालय र स्थायी कमिटी बैठकले दिएको म्यान्डेट अनुसार आफुले सरकारको काम गरिरहेको तर प्रचण्डले पार्टीको काम नगरेको भन्दै महाधिवेसन केन्द्रित काममा सक्रिय हुन ओलीले दाहाललाई सुझाव दिएका छन्।
“मैले पाएको जिम्मेवारी अनुसार सरकारको काम त म गरी नै गरेको छु। तपाई चाहिँ पाएको जिम्मेवारी अनुसार पार्टीको कुनै पनि काम नगर्ने अनि मैले गरेको काममा सधै घोचो मात्रै हालिरने ?”, ओलीले दाहाललाई भनेका थिए, “ल देखाउनुहोस् त एक बर्षमा मैले पार्टीको यो–यो काम गरेको छु भनेर ? पहिले आफनो जिम्मेवारी पूरा गर्नुहोस, अनि मात्रै अरू माथि प्रश्न उठाउन सकिन्छ। नत्र मैले पनि प्रश्न उठाउन त सक्ने रहेछु नि ? आज उठाए त।”
सरकारको कामकारबाहीमा असहयोग गर्ने भन्दा आफुले पाएको जिम्मेवारी पुरा गर्न प्रचण्डलाई प्रधानमन्त्रीले सुझाव दिएको स्रोतले बतायो।
आजको भेटमा कार्यकारी अध्यक्ष प्रचण्डले भने बुधवार भएको भनिएको प्रदेश–१ को पार्टी कार्यकर्तासँगको कुराकानी र मनमोहन सिनेट एक्सन भवनको उद्घाटन समारोहमा दिएको ‘राजिनामा नदिने’ अभिव्यक्ति बारे गम्भिर रूपमा चासो व्यक्त गरेका थिए।
“हामीले कहाँ तपाईको राजिनामा मागेका थियौं र हिजो कुनै पनि हालतमा राजिनामा दिन्न भन्ने अभिव्यक्ति दिनुभयो ? यसले त झन भ्रम छर्ने काम भयो”, प्रचण्डले ओलीलाई भनेका थिए। जवाफमा ओलीले आफुलाई काम गर्न नदिएको र अविश्वासको प्रस्ताववाट हटाउने योजना बनाएको सूचना आफूले पाएको बताएका थिए।
प्रचण्डले भने प्रधानमन्त्री ओलीको प्रश्नको जवाफ दिनुभन्दा सचिवालय बैठक बोलाउन निरन्तर माग गरिरहेका छन्।
प्रचण्डले सचिवालय बैठक बोलाउन माग गरेपछि ओलीले भनेका थिए, “तपाईले भने जस्तो सचिवालय मात्रै होइन, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउन पनि म तयार छु तर छलफलको अजेन्डा के–के हुन ? त्यो निर्क्याैल गरेर आउनु पर्याे।”
बैठकका लागि अजेन्डा स्पष्ट हुनुपर्ने प्रधानमन्त्रीको भनाई रहेको उनी निकट स्रोत बताउँछ। प्रधानमन्त्री ओलीले बैठक बोलाउन आफु तयार रहेको तर अजेन्डा तय नभएसम्म बैठक बोलाउनुको औचित्य नभएको जवाफ दिएपछि पुनः आउने बाचासहित प्रचण्ड वालुवाटारबाट निस्किएका थिए।
थप पढ्नुहाेस्
नेकपामा नयाँ मोड : ओली-नेपालबीच सहकार्य गराउन प्रयास जारी
प्रचण्डलाई परराष्ट्रमन्त्रीको कुरा मन परेपछि ओलीले सोधे, ‘नाश हुने हो?’
खुमलटारमा प्रचण्डको ब्रिफ्रिङ: प्रधानमन्त्रीले अलग हुने प्रस्ताव गर्नुभयो
सामान्त गोयल फर्केलगत्तै प्रचण्ड पुत्रीद्वय अचानक नयाँदिल्लीमा
प्रधानमन्त्री हटाउने प्रचण्डकाे प्रस्ताव थापाद्वारा अस्वीकार, श्रेष्ठसँग खुमलटारमै वादविवाद
खुमलटारमा प्रचण्डको बिफ्रिङ : अबको प्रधानमन्त्री माधव नेपाल
नेकपा प्रवक्ता श्रेष्ठले भने- पार्टी एकताको पक्षमा उभिऔं
सचिवालय सदस्य पोखरेलले भने- पूर्वसमूह भित्रको आबद्धताको आधारमा समीकरण बनाउनु दुर्भाग्य
" /> काठमाडौं। नेकपा विभाजनको हल्ला चलेको पाँच दिन पछि आफूलाई भेट्न आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अधिकारको जिम्मेवारी पाएको एक वर्षमा के–के काम गर्नुभयो भनेर प्रश्न गरेका छन्।कार्यकारी अध्यक्ष दाहालसँगको भेटमा प्रधानमन्त्री ओलीले दाहालको जिम्मेवारीसँग जोडिएको एक दर्जनभन्दा बढी प्रश्न गरेका थिए। ओलीको प्रश्नमा नाजवाफ बनेका दाहाल अर्काे दिन फेरि भेट्न आउने गरी एक घण्टा छलफल गरेर बाहिरिएका थिए।

">