काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्न आज बालुवाटार पुगेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई ओलीले भारत र नेपालबीच असल मित्रता रहेकोसमेत बताए।
“भेटवार्ताका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गर्नुभयो,” प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले ट्वीटरमा उल्लेख गरेका छन्।
नेपाल र भारतबीच सीमा विवाद बढेपछि लामो समयदेखि दुई देशबीच उच्चस्तरमा भेटवार्ताहरू हुन सकेको थिएन।
भारतले गत वर्ष जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेख र लिम्पियाधुरालाई आफ्नो भागमा देखाएपछि नेपाल र भारतबीच तनाव बढेको थियो।
यसै वर्ष भारतले उक्त क्षेत्र हुँदै कैलाश मानसरोवर जाने लिंक रोड निर्माण गरेपछि झन् नेपाल र भारतबीच सीमालाई लिएर तनाव बढेको थियो।
सीमाविवाद सुल्झाउन नेपालले पटकपटकवार्ताको प्रस्ताव गरेपछि भारतले अनिच्छा देखाउँदै आएको थियो। भारतले अटेरी गरेपछि नेपालले गत जेठमा कालापानी, लिपुलेख र लिम्पियाधुरा समेटर नयाँ नक्सा जारी गरेको थियो।
नेपाल र भारतबीच सीमा विवाद चर्केपछि नेपालको औपचारिक भ्रमण गर्ने नरवणे पहिलो उच्च भारतीय अधिकारी हुन्। तीनदिने भ्रमणको अन्तिम दिन आज भारतीय स्थल सेनाध्यक्ष नरवणेले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन्। सोही भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गरेका हुन्।
भेटका क्रममा प्रधानमन्त्री ओलीले नरवणेलाई नेपाल र भारतकाबीचमा सदियौँ पुरानो विशिष्ट सम्बन्ध रहेको र दुई देशका सेना प्रमुखहरूलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताएका थिए।
बुधबार नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी पदले सम्मान गरेकी थिईन्। उनले बिहीबार नै प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गरेका थिए।
नरवणे तीनदिने नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कदै छन्।
" /> काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गरेका छन्।प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्न आज बालुवाटार पुगेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई ओलीले भारत र नेपालबीच असल मित्रता रहेकोसमेत बताए।

">