काठमाडैं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयका बहुमत सदस्यलाई पार्टीको पछिल्लो स्थितिका बारेमा केन्द्रीय कार्यालय धुम्बाराहीमा बिफ्रिङ गरिरहँदा महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलले भने गृह मन्त्रालयमा छलफल गरेका छन्।
अर्थमन्त्रीसमेत रहेका पौडेल र गृह मन्त्री थापा बीच सिंहदरवारस्थित गृह मन्त्रालयमा झन्डै एक घन्टा भन्दा बढी छलफल चलिरहँदा कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयका ५ जना सदस्य समक्ष बिहिवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटघाट तथा आगमी रणनीतिका बारे धुम्बाराहीमा छलफल चलाईरहेका छन्।
“अर्थमन्त्री पौडेल र गृहमन्त्री थापा बीच मन्त्रालयमा झण्डै एक घण्टा छलफल भएको छ”, थापा निकट एक नेताले भने, “सरकारका काम कारवाहीलाई प्रभावकारी बनाउने तथा पार्टीलाई महाधिवेसन केन्द्रित गर्ने गरी कार्ययोजना बनाउने बारेमा दुई नेता बीच छलफल भएको हो।” उनका अनुसार अर्थमन्त्री पौडेल थापासँग छलफल गरेर भर्खरै निस्किएका छन्।
कार्यकारी अध्यक्ष प्रचण्डले बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ समक्ष धुम्बाराहीमा बिफ्रिङ गरिरहेका छन। प्रचण्डको उक्त बिफ्रिङमा पौडेल र थापासहित प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेल भने अनुपस्थित छन्।
खुमलटारमा हुदैँ आएको प्रचण्ड पक्षधर सचिवालय सदस्यको भेला पहिलो पटक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको र त्यो कुनै आश्चर्यजनक नभएको बालुवाटार स्रोतको टिप्पणी छ।
" /> काठमाडैं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयका बहुमत सदस्यलाई पार्टीको पछिल्लो स्थितिका बारेमा केन्द्रीय कार्यालय धुम्बाराहीमा बिफ्रिङ गरिरहँदा महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलले भने गृह मन्त्रालयमा छलफल गरेका छन्।अर्थमन्त्रीसमेत रहेका पौडेल र गृह मन्त्री थापा बीच सिंहदरवारस्थित गृह मन्त्रालयमा झन्डै एक घन्टा भन्दा बढी छलफल चलिरहँदा कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयका ५ जना सदस्य समक्ष बिहिवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटघाट तथा आगमी रणनीतिका बारे धुम्बाराहीमा छलफल चलाईरहेका छन्।

">