काठमाडौं। गत साउन ५ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एउटा खुलासा गरे, जसले नेपाली राजनीतिमा गज्जबको तरंग ल्यायो।
उनले त्यो दिन पूर्व माओवादीबाट आफूसँगै नेकपा आएका स्थायी कमिटी सदस्यहरू सामु खुलसा गर्दै भनेका थिए, “जनताको बहुदलीय जनवाद (जबज) मान्ने हो भने ओलीजीले महाधिवेशनपछि मलाई एकल अध्यक्ष बनाउन तयार छु भनेर प्रस्ताव गर्नुभयो। तर मैले हुन्न भनिदिएको छु।”
दुई अध्यक्षबीच सम्बन्ध चिसिएर विवादको अवस्था रहेकै बेला स्थायी कमिटीको बैठक चालु थियो। पार्टीका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न गएका थिए। शीतल निवासको सो भेटमा नै ओलीले आफूलाई जबज मान्न प्रस्ताव गरेको भन्दै प्रचण्डले अन्य नेताहरूलाई बताएपछि सत्ताधारी दलमा ठूलै तरंग उत्पन्न भएको थियो।
नेताद्वय ओली र नेपाल आफैंले पनि जबजलाई जीवनशैली नै बनाएका कारण दुवैले यसलाई छाड्ने सम्भावना तत्काल देखिन्न। त्यसैले महाधिवेशनमा दुवैकै अजेन्डा जबज हुने नेता-कार्यकर्ताहरूको विश्वास छ।
कार्यकारी अध्यक्ष प्रचण्डले तत्कालीन नेकपा एमालेको सिद्धान्त जबज नमान्ने जनाउँदै हालको पार्टीको ‘समाजवाद उन्मुख जनताको जनवाद’लाई नै महाधिवेशनमा स्थापित गराउनु पर्ने तर्क गरे, अहिले पनि उनी त्यसमा कायम छन्। तर, पार्टीको राजनीतिक दस्तावेजमा मात्रै उल्लेख भएको ‘समाजवाद उन्मुख जनताको जनवाद’ के हो ? भन्ने बारेमा नेकपाले कुनै व्याख्या गरेको छैन। पार्टीले अहिलेसम्म पनि त्यसबारेमा औपचारिक रूपमा कुनै प्रशिक्षण दिएको छैन।
राजनीतिक दस्तावेजमा समेटेर औपचारिकता मात्र पूरा गरिएको ‘समाजवाद उन्मुख जनताको जनवाद’को थप व्याख्या नगरिएको र औपचारिक रूपमा नेता–कार्यकर्तासमक्ष नपुर्याइएको कारण यसप्रति पार्टी पंक्ति नै स्पष्ट छैन। उता तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीद्वारा प्रतिपादित जबज भने वर्षौंदेखि प्रष्टसँग व्याख्या गरिएको र लाखौं कार्यकर्तालाई प्रशिक्षण गरिसकिएको स्थापित सिद्धान्त भएकाले यसको स्वामित्व लिन पार्टीले अन्कनाउनु नहुने धार नेकपाभित्र बलियो बन्दै गएको छ।
“प्रशस्त व्याख्या भइसकेको र लाखौंलाई प्रशिक्षण गरिसकिएकाले जबज लाखौं नेता कार्यकर्ताको राजनीतिक आचरण बनिसकेको छ। समाजवादको बाटो जबजबाटै सहज र सम्भव हुन्छ,” पूर्व एमालेका अधिकांश नेताहरूले भन्ने गरेका छन्।
जबजलाई एमालेले महाधिवेशनबाट नै सिद्धान्तको रूपमा स्वीकार गरेको थियो। तर २०७४ जेठमा माओवादी केन्द्रसँग पार्टी एकीकरण गरेर नेकपा बन्ने क्रममा भने महाधिवेशनसम्मका लागि थाती राखिएको थियो।
महाधिवेशनसम्मका लागि थाती राखेको जबजका बारेमा हाल अलग-अलग कित्तामा देखिए पनि ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच यही सिद्धान्तले सहकार्यका लागि ‘सुपर ग्लु’को भूमिका खेल्ने विश्वास लिइएको छ। नेताद्वय ओली र नेपाल आफैंले पनि जबजलाई जीवनशैली नै बनाएका कारण दुवैले यसलाई छाड्ने सम्भावना तत्काल देखिन्न। त्यसैले महाधिवेशनमा दुवैकै अजेन्डा जबज हुने नेता-कार्यकर्ताहरूको विश्वास छ।
ओलीले प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्नुअघि जबज मान्नुपर्ने भन्दै औपचारिक रूपमै सर्त राखिसकेका छन्। ओलीको सो सर्त प्रचण्डले मानेनन् भने महाधिवेशनपछि ओलीले प्रचण्डलाई एकल नेतृत्व हस्तान्तरण गर्ने छैनन्। बरू विकल्पमा माधव नेपाल वा द्वी-अध्यक्षीय प्रणालीकै निरन्तरता हुन सक्छ।
प्रचण्डका घरबेटी शारदा अधिकारीको निवासमा तत्कालीन एमाले र माओवादीबीच एकीकरणको वार्ता हुँदा पनि नेपालले जबज नछाड्ने अडान लिएपछि चुनावमा गठबन्धन गरेका दुई दलबीच ‘झन्डै–झन्डै’ एकीकरण प्रक्रिया नै भाँडिएको थियो।
बुधबार मात्रै प्रदेश १ का आफू निकट नेताहरूसँग गरिएको भनिएको सामूहिक छलफलमा पनि ओलीले ‘समाजवाद उन्मुख जनताको जनवाद’ले नेपालको कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने र यसलाई अगाडि बढाउने सम्भावना कम भएको भन्दै जबजलाई एकता महाधिवेशनको अजेन्डा बनाउन निर्देशन दिइसकेका छन्। प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले सार्वजनिकरूपमा महाधिवेशनमा ओलीले जबजको अजेन्डालाई बहसमा ल्याउन निर्देशन दिएको जानकारी दिइसकेका छन् भने प्रदेश १ का नेता विनोद ढकाल पनि ओलीले जबज नछाडने बताउँछन्।
“माओवादीसँग एकता गर्न जबजलाई तत्कालका लागि मात्रै थाती राखिएको हो, छाडेको कदापि होइन्,” ढकाल भन्छन, “अहिले विचारको बहस खुल्ला नभएकाले मात्रै मौन बसिएको हो। महाधिवेशनका लागि विचारको बहस खुल्ला भए पछि यो प्रधानमन्त्रीदेखि सबै पूर्व एमालेको अजेन्डा बन्छ, माधव कमरेडको पनि।”
दासढुंगामा भएको दुर्घटनामा मदन भण्डारीको रहस्यमय निधन भएपछि झन्डै १८ वर्षसम्म तत्कालीन एमालेको नेतृत्व गरेका वरिष्ठ नेता नेपालले पनि पार्टी एकीकरणमा बाधा नहोस् भनेर ‘बाध्य’ भएर तत्कालका लागि जबज थाती राखेका हुन्। उनले जबज नछाड्नका लागि अन्तिम समयसम्म संघर्ष गरेका थिए।
भण्डारीद्वारा प्रतिवादित जबजलाई कार्यदिशा र सिद्धान्तसम्म बनाउनका लागि नेतृत्वको हैसियतमा लामो र संघर्षपूर्ण योगदान गरेकाले वरिष्ठ नेता नेपालको जबजसँग भावनात्मक सम्बन्ध छ। त्यसैले माओवादी केन्द्रसँग एकीकरण गर्ने क्रममा पनि नेपालले जबजलाई नेकपाको सिद्धान्त बनाउनु पर्ने भन्दै अन्तिम समयसम्म अडान लिइरहेका थिए।

“नेपालले जबज छाड्न नमान्दा एमाले-माओवादीबीच एकीकरण हुन नसक्ने भयो,” भन्ने आरोप लागेपछि बाध्यतावश उनी चुप लाग्नुपरेको थियो। जसका कारण एकीकरण सम्भव भएको थियो। जबजलाई तत्कालका लागि थाती राखी महाधिवेशनबाट टुंग्याउने सहमति भएपछि मात्र नेपाल लचिलो बनेका थिए।
हाल ओली र नेपाल फरक-फरक धारमा रहेर शक्ति संघर्ष गरिरहेका छन्। तर, यस शक्ति संघर्षको बीचमा प्रचण्डसँग ‘सँगै काम गर्न नसकिएको भन्दै अलग हुनु नै बेस’ भन्दै प्रस्ताव गरेका ओलीले वरिष्ठ नेता नेपालसँग भने पटक-पटक सहकार्यको प्रस्ताव गरिसकेका छन्।
त्यसका बाबजुद एमाले र माओवादीबीचमा एकताको आधारहरू भन्दै तयार गरिएको ६ बुँदे आधारपत्रमा ‘जबजको ऐतिहासिक महत्त्व’लाई दर्शाउने काम भने गरिएको थियो। धेरैले यसलाई वरिष्ठ नेता नेपालको जोडबलमा भएको भनेर व्याख्या गर्दै आएका छन्।
‘नेकपा (एमाले)ले जबज अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता तथा त्यसपछि लोकतान्त्रिक अभ्यासद्वारा शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने नेकपा (माओवादी केन्द्र) को मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ’ एकीकरणको आधारपत्रको बुँदा ३ मा लेखिएको छ।
तर, २०७४ फागुन ७ गते भएको सोही ६ बुँदे आधारपत्रमा तत्कालीन नेकपा माओवादी केन्द्रले अवलम्बन गर्दै आएको ‘२१औं शताब्दीको जनवाद’को भने कुनै व्याख्या गरिएको छैन। आधार पत्रमा ‘नेकपा (एमाले)ले अवलम्बन गर्दै आएको जनताको बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र)ले अवलम्बन गर्दै आएको ‘माओवाद र एक्काइसौं शताब्दीको जनवाद’ सम्बन्धी विषयहरूमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गरिनेछ’ मात्र भनिएको छ।
दुवै सिद्धान्तलाई विधिसम्मत छलफल गर्ने उपयुक्त स्थान भनेको कम्युनिष्ट पार्टीमा महाधिवेशन हो। महाधिवेशनका लागि २०७७ चैत २५–३० को मिति तोकिसकिएको छ। पार्टीभित्र आन्तरिक खिँचातानी भएपछि महाधिवेशन केन्द्रित कार्यक्रम र गतिविधि हुन नसकेका कारण अहिले सिद्धान्तको छलफल घनिभूत हुन सकेका छैनन्। तर विचारको बहस खुल्ला भएपछि भने ‘जबज’का बारेमा गम्भीर बहस सुरू हुनेछ।

पार्टी एकीकरणपछि ‘आफूलाई ओलीले पेलेको अनुभव गरेका’ नेपालले पहिलोपटक सहकार्यको प्रस्ताव आएपछि विश्वस्त हुन नसके पनि त्यसमाथि गम्भीर भने भएको उनी निकटहरूले बताएका छन्। नेपालले ओलीको प्रस्तावका बारेमा आफू निकटसँग छलफल चलाउन थाल्नुले पनि उनी गम्भीर भएको पुष्टि गर्छ। पार्टी सञ्चालन प्रक्रिया, मन्त्रीमण्डल पुनर्गठन, राजनीतिक नियुक्तिदेखि अन्य विषयमा विवाद बढिरहेका बेला ओली–नेपालबीच सहकार्य गराउन जबजले सेतुको भूमिका निर्वाह गर्ने एमालेका पुराना नेता प्रदिप नेपाल बताउँछन्।
ओली र नेपाल दुवैको विश्वासमा रहेका प्रदीप नेपालले समेत ‘जबज’लाई सेतुको रूपमा व्याख्या गरेपछि पूर्व एमालेका बीचमा छलफल सुरू भइसकेको छ।
‘प्रचण्डसँग हैरान भएको’ भन्दै नेपालसँग सहकार्यको हात अघि बढाएका ओलीले माधव नेपाललाई सम्झाई दिनु पर्यो भन्दै आफू निकट नेताहरूलाई प्रदीप नेपालको निवासमा पठाएका थिए। लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापालगायत प्रदीप नेपाल निवास पुगेर ‘ओलीसँगको सहकार्यका लागि नेपाललाई मनाई दिन’ आग्रह गरेका थिए।
प्रधानमन्त्री ओलीले आफैं र आफ्ना विशेष दूतमार्फत् सहकार्यका लागि प्रस्ताव गरेपछि वरिष्ठ नेता नेपाल प्रदीप नेपालसँग भेट्न आफैं उनको निवास गोठाटार पुगेका थिए। प्रदीप नेपालले वरिष्ठ नेता नेपाललाई सम्झाउने शैलीमा प्रधानमन्त्रीको प्रस्ताव गरे, “ओलीजी र तपाईं मिलेर जबजलाई पुनः स्थापित गर्नु पर्यो। जबजलाई केन्द्रमा राखेर सहकार्य गरेर अघि बढ्नुहोस् किनभने महाधिवेशन आउँदैछ।”

मंगलबार मात्रै राष्ट्रिय सभा गृहमा ओली निकट महासचिव विष्णु पौडेल र नेपालनिकट स्थायी कमिटी सदस्य भीम रावलबीचको भेटघाट ओली–नेपाल मिलाउन केन्द्रित थियो। ओलीको सहकार्यको प्रस्तावप्रति नेपाल गम्भीर भएपछि पौडेल र रावलबीच छलफल भएको थियो। त्यहाँबाट जबजले ओली–नेपाललाई जोड्ने निष्कर्षसहित महाधिवेशन केन्द्रित गतिविधिमा लाग्न दुवै नेता मञ्जुर भएर छुट्टिएका थिए।
" /> काठमाडौं। गत साउन ५ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एउटा खुलासा गरे, जसले नेपाली राजनीतिमा गज्जबको तरंग ल्यायो।उनले त्यो दिन पूर्व माओवादीबाट आफूसँगै नेकपा आएका स्थायी कमिटी सदस्यहरू सामु खुलसा गर्दै भनेका थिए, “जनताको बहुदलीय जनवाद (जबज) मान्ने हो भने ओलीजीले महाधिवेशनपछि मलाई एकल अध्यक्ष बनाउन तयार छु भनेर प्रस्ताव गर्नुभयो। तर मैले हुन्न भनिदिएको छु।”

">