काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयका बहुमत सदस्यहरूले आज पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेकपा केन्द्रीय सचिवालयको बैठक बोलाउन लिखितरूपमा माग गरेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
“केन्द्रीय सचिवालय बैठक बोलाउनको लागि अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखितरूपमा माग गरेका छौं”, प्रवक्ता नाराणकाजी श्रेष्ठले भने।
कोभिड–१९ ले सिर्जना गरेको स्वास्थ्य संकट र आर्थिक संकटलाई सम्बोधन गर्न, स्थायी कमिटीले गरेका निर्णयहरूको कार्यान्वयनको प्रक्रिया अगाडि बढ्न नसकेको समीक्षा गर्न सही समयमा नै समग्र छलफल गर्न आवश्यक छ भनेर सचिवालय बैठक तत्काल बोलाउन माग गरिएको श्रेष्ठले बताए।
“कार्यकारी अध्यक्षले बारम्बार बैठकको लागि पहल गरिरहनु भएको परिप्रेक्ष्यमा पनि बैठक हुन नसकेको स्थितिमा कार्यकारी अध्यक्षले प्रस्तावित गर्नुभएको सन्दर्भलाई ध्यान दिँदै केन्द्रीय सचिवालयको बैठक बोलाउनको निम्ति लिखित रूपमा अनुरोध गरेका छौं”, उनले भने।
तर, ओलीले भने बैठक बोलाउने वा नबोलाउने भन्ने बारेमा अहिल्यै जवाफ नदिएको श्रेष्ठले बताए। “बैठकको बारेमा आज निष्कर्ष दिनुभएको छैन। हामी सकभर भोलि नै नभए पर्सिसम्म बैठक बसेर गम्भीरपूर्वक यी विषयमा छलफल गरौं र पार्टीलाई एकताबद्ध बनाउने, विधि र पद्धतिको आधारमा पार्टी सञ्चालन गर्ने, पार्टीको निर्णय सबैले कार्यान्वयन गर्ने दिशातिर जाने गरी निष्कर्ष निकालौँ भनेर अनुरोध गरेका छौं”, उनले भने।
सबै विषय बैठकमा नै छलफल गरेर सकारात्मक निष्कर्ष निकाल्नुपर्ने भन्दै श्रेष्ठले बैठक भएन भने के गर्ने भनेर अहिले सोच्ने बेला नभएको प्रतिक्रिया दिए।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयका बहुमत सदस्यहरूले आज पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेकपा केन्द्रीय सचिवालयको बैठक बोलाउन लिखितरूपमा माग गरेका छन्।पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

">