काठमाडाैं। नेपाल बार एसाेसिएसनले न्याय परिषद् सदस्य नियुक्तिका लागि वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ।
आज बसेको कार्यसमिति बैठकले बारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने परिषद्को सदस्यका लागि सुनसरी जिल्ला, धरान नगरपालिका धर्मपथ घर भई हाल काठमाडौं बस्ने वरिष्ठ अधिवक्ता श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए।
वरिष्ठ अधिवक्ता श्रेष्ठको कानुन व्यवसायी प्रमाणपत्र नम्बर ९२ छ। बारका तर्फबाट न्याय परिषद् सदस्यमा नियुक्त गरिने सदस्यका लागि श्रेष्ठको नाम सिफारिस भएको हो।
बारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ। रासस
" /> काठमाडाैं। नेपाल बार एसाेसिएसनले न्याय परिषद् सदस्य नियुक्तिका लागि वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ।आज बसेको कार्यसमिति बैठकले बारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने परिषद्को सदस्यका लागि सुनसरी जिल्ला, धरान नगरपालिका धर्मपथ घर भई हाल काठमाडौं बस्ने वरिष्ठ अधिवक्ता श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए।

">