काठमाडाैं। नख्खु जेल विद्रोहका एक चर्चित योद्धा, पूर्वसांसद तथा तत्कालीन नेकपा (एमाले) का केन्द्रीय सदस्य बीरबहादुर लामाकाे निधन भएकाे छ।
ललितपुरकाे पाटन अस्पतालमा उपचाररत ७० वर्षीय लामाकाे आज बिहान ४ बजे निधन भएकाे उनकी छाेरी श्रमिक लामाले जानकारी दिएकी छिन्।
उनका अनुसार निमोनिया भएपछि गत सोमबार उनलाई पाटन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि बिहीबारबाट भेन्टिलेटरमा राखिएको थियो।
यद्यपि, उनलाई काेराेना भाइरसकाे संक्रमण भने देखिएकाे थिएन। पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएकाे थियाे।
दुवै मिर्गाैलाले काम गर्न छाडेपछि लामा विगत २ वर्षदेखि नियमित डायलाइसिस गराइरहेका थिए।
लामा नख्खु जेल ‘ब्रेकर’का रुपमा पनि चिनिन्थे। उनी २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भागेका १५ जनामध्येका एक हुन्।
वि.सं. २०४९ मा जिल्ला विकास समिति मकवानपुरका सभापति बनेका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
लामा २०६२/६३ सालको जनआन्दोलनपछि पुनर्स्थापित संसद्को सदस्य थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी पराजित भएका थिए।
मकवानपुर फाखेलका स्थायीवासी लामाले अशोक राईको नेतृत्त्वमा तत्कालीन नेकपा एमाले छाडेका थिए।
" /> काठमाडाैं। नख्खु जेल विद्रोहका एक चर्चित योद्धा, पूर्वसांसद तथा तत्कालीन नेकपा (एमाले) का केन्द्रीय सदस्य बीरबहादुर लामाकाे निधन भएकाे छ।ललितपुरकाे पाटन अस्पतालमा उपचाररत ७० वर्षीय लामाकाे आज बिहान ४ बजे निधन भएकाे उनकी छाेरी श्रमिक लामाले जानकारी दिएकी छिन्।

">