काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले अमेरिकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनको कार्यकालमा नेपाल र अमेरिकाबीचको दौत्य सम्बन्ध थप उचाई लिने विश्वास व्यक्त गरेका छन्।
अध्यक्ष राणाले चीरस्मरणीय राष्ट्रपति निर्वाचन सम्पन्न भएको सन्दर्भमा अमेरिकी जनतालाई शान्ति र समृद्धिको शुभकामना दिएका छन्। निर्वाचनबाट बाइडेन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपति निर्वाचित भएका छन्।
आइतबार जारी शुभकामना सन्देशमा राप्रपा अध्यक्ष राणाले भनेका छन्, ‘‘पुनः अर्को चीरस्मरणीय निर्वाचनका लागि अमेरिकी जनतालाई शान्ति, समृद्धि र हार्दिक शुभकामना। जो बाइडेन र कमला ह्यारिस ४६ औं राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएकोमा बधाई शुभकामना।’’
राणाले ट्वीट गर्दै भने, ‘‘मलाई आशा र विश्वास छ, उहाँहरूको भूमिकाले नेपाल-अमेरिकी दौत्य सम्बन्धले थप उचाई ग्रहण गर्ने छ।’’
" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले अमेरिकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनको कार्यकालमा नेपाल र अमेरिकाबीचको दौत्य सम्बन्ध थप उचाई लिने विश्वास व्यक्त गरेका छन्।अध्यक्ष राणाले चीरस्मरणीय राष्ट्रपति निर्वाचन सम्पन्न भएको सन्दर्भमा अमेरिकी जनतालाई शान्ति र समृद्धिको शुभकामना दिएका छन्। निर्वाचनबाट बाइडेन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपति निर्वाचित भएका छन्।

">