काठमाडौं। नेपाली कम्युनिस्ट आन्दोलनका पुराना नेता मोहनचन्द्र अधिकारीले दुई अध्यक्षको शक्ति संघर्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटाउन नहुने धारणा राखेका छन्।
दुःखले बनाएको पार्टी फुटाएर राजनीति गर्नु कम्युनिस्ट आन्दोलन र कार्यकर्ता तथा जनताप्रति बेइमानी हुने उनको भनाइ छ।
“तपाईंले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मेरो तर्फबाट यो सन्देश सुनाई दिनुस् कि पार्टी फुटे नेपालमा खतरा हुनेछ,” पुरानो नैकापस्थित आफ्नै निवासमा भेट्न आएका सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेता अधिकारीले भने।
अधिकारीले दुई अध्यक्षलाई खबरदारी गर्नसमेत मन्त्री श्रेष्ठलाई आग्रह गरेका थिए। पार्टीलाई थप मजबुत बनाउन सबैपक्ष एकजुट हुनुपर्ने नेता अधिकारीको भनाइ थियो।
“तपाईंलाई कम्युनिस्ट पार्टीको बारेमा जानकारी छ। मैले यो वा त्यो भनिरहनु पर्दैन। म यहाँलाई यो आग्रह गर्न चाहन्छु कि, यस्तो अवस्थामा पार्टी फुट्नु हुँदैन। दुई अध्यक्ष मिलेर जानुको विकल्प छैन। पार्टी फुटाउने धृष्टता कसैले नगरोस्,” नेता अधिकारीलाई उद्धृत गर्दै मन्त्री श्रेष्ठका सहयोगीले देखापढीसँग भने, “गफको भरमा पार्टी बनेको होइन। ठूलो मिहेनत र कसरतको साथ दुई पार्टी एक भएर नेकपा बनेको हो। त्यसैले यस्तो विषम परिस्थितिमा पार्टीलाई एक ढिक्का बनाएर लैजानुको विकल्प छैन।”
मन्त्री श्रेष्ठले आफू यो विषयमा गम्भीर भएको बताउँदै एकताको पक्षमा पहल गर्ने वचन दिएका थिए। “फुटेर कसैको हित हुँदैन। मिलेर अघि बढ्नुको विकल्प छैन। एकजुट रहनका लागि नेताहरूलाई हाम्रो तर्फबाट सम्झाउने र आवश्यकता परे दबाब दिने कामका लागि पनि हामी पछि हट्दैनौं। हामी यसमा लागिरहेका छौं,” पुराना नेता अधिकारीको स्वाथ्य अवस्थाबारे जानकारी लिन उनको निवास पुगेका मन्त्री श्रेष्ठले भनेका थिए।