उपनिर्वाचनको प्रचार आज अन्तिम दिन, राति १२ बजेबाट मौन समय

काठमाण्डौं। १४ मंसीरमा हुने उपनिर्वाचनको लागि आज प्रचार-प्रसार गर्ने अन्तिम दिन हो।

आज राति १२ बजेपछि मौन समय शुरु हुने भएकाले राजनितक दल र उम्मेद्वारहरु आज अन्तिम प्रचारमा जुटेका छन्।

मतदान हुने समयको ७२ घण्टा अघिबाट मौन अवधि शुरु हुन्छ।

निर्वाचन आयोगले उपनिर्वाचनको लागि आवश्यक तयारी पूरा भएको जनाएको छ।

प्रतिनिधि सभाअन्तर्गत कास्की-२ मा र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), बागलुङ २ (ख) र दाङ ३ (ख) मा उपनिर्वाचन हुँदैछ।

नगरपालिका प्रमुखका लागि एक, गाउँपालिका अध्यक्षका लागि तीन, उपाध्यक्षका लागि एक र वडाध्यक्ष ४३ गरी ५२ पदमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्