प्रचण्ड-नेपाल समूहको अल्टिमेटम सकिने बेला बालुवाटार र खुमलटारमा छलफल तीव्र
काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय बैठक बोलाउन दिएको ४८ घन्टाको अल्टिमेटम सकिएको छ।

गत कात्तिक २२ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारी निवास बालुवाटारमा सामूहिक भेटघाट गरी ४८ घण्टे अल्टिमेटम दिएका थिए, जुन आज सकिएको हो।

“प्रधानमन्त्रीलाई बैठक बोलाउन दिएको अल्टिमेटम सकिएको छ तर प्रधानमन्त्रीज्यूले बैठक अझै बोलाउनु भएको छैन्,” प्रचण्ड निकट एक नेताले भने, “तर, आज महासचिवज्यूलाई पठाएर बैठकको तयारीमा लागेको जानकारी भने गराउनु भएको छ।”

उनका अनुसार बैठकमा छलफल गर्ने अजेन्डाका बारेमा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलका बीचमा छलफल भए पनि टुंगो भने लागिसकेको छैन।

प्रधानमन्त्री ओलीले महासचिव पौडेललाई बैठकको अजेन्डा तय गर्न प्रचण्ड निवास खुमलटारमा पठाए पनि उता प्रधानमन्त्री ओलीले भने यसअघि निर्माण भएको समस्या समाधान सुझाव कार्यदलका प्रतिनिधिलाई बालुवाटारमा सामूहिक भेटघाट गरिरहेका छन्।

कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले पुनः कार्यदलको सदस्यबीच भेटघाट आवाश्यक भएको भन्दै प्रधानमन्त्री ओलीसँग समय माग गरेपछि सोमबार बालुवाटारमा सामूहिक भेटघाट भएको हो।

प्रधानमन्त्री ओलीले अजेन्डा तय नगरी बैठक बोलाउन आवश्यक नभएको तर्क गरिरहेका छन् भने ओलीइतर नेताले बैठकमा समसामायिक विषयमा छलफल गर्नका लागि भन्दै लिखित माग गरिरहेको बेला खुमलटार र बालुवाटारमा भेटघाट तीव्र भएको हो।

गत कात्तिक २२ गते नेकपाका सचिवालयका बहुमत सदस्य कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन लिखितरूपमा नै माग गरेका थिए।

सचिवालय सदस्यले लिखितरूपमा बैठक बोलाउन माग गरेको नेकपामा यो पहिलो घटना हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्