काठमाडौं। त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गरेको आरोपमा पक्राउ परेका नेविसंघका नेता दीपक ओझा रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतले उपप्राध्यापक चलाउनेमाथि भएको आक्रमणमा संलग्नता नदेखिएको भन्दै दीपकलाई छोड्न सोमबार आदेश दिएको थियो।
सोही अनुसार ओझालाई प्रहरीले रिहा गरेको हो।
नेविसंघका अन्य नेताहरू रवीन लामा र रूपेश शाह पनि रिहा भएका छन्। उनीहरूको पनि घटनामा संलग्नता नदेखिएको अदालतले जनाएको छ।
गत असोज २० गते त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा चलाउनेमाथि आक्रमण भएको थियो। उनी नेकपा समर्थित हुन्।
आन्दोलनको क्रममा रहेको नेविसंघले लगाएको ताला फोडेको आरोप उपप्राध्यापक चलाउनेलाई लागेको थियो।
ताला फोडेको निहुँमा उनीमाथि आक्रमण भएको बताइएको छ।
" /> काठमाडौं। त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गरेको आरोपमा पक्राउ परेका नेविसंघका नेता दीपक ओझा रिहा भएका छन्।काठमाडौं जिल्ला अदालतले उपप्राध्यापक चलाउनेमाथि भएको आक्रमणमा संलग्नता नदेखिएको भन्दै दीपकलाई छोड्न सोमबार आदेश दिएको थियो।

">