काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले १६औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनको १३६औं जन्मजयन्तीको अवसरमा लिङ्देनप्रति उच्च सम्मान प्रकट गरेका छन्।
लिङदेनले दिएका शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने प्रधानमन्त्री ओलीको कामना पनि छ।
मंगलबार बिहान ट्वीट गर्दै ओलीले भनेका छन्, “यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा उहाँ (फाल्गुनन्द लिङदेन) को शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने कामना गर्दछु।”
राष्ट्रिय विभूति लिङदेन किरात धर्मका महागुरू समेत हुन्।
यस्तै उनको जन्मजयन्तीको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पनि शुभकामना व्यक्त गरेका छन्।
“आफ्नो जीवनको अन्तिम पलसम्म भाषा, संस्कार, संस्कृति, शिक्षा उत्थान तथा समाज सुधारका निम्ति लाग्नु भएका फाल्गुनन्दले समाज सुधारका लागि १९८८ वैशाख २४ गते स्थापना गर्नु भएको ‘सत्यधर्म मुचुल्का’ को नीति विश्व समुदायले अनुशरण गर्ने गरेको छ,” मन्त्री भट्टराईले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
उनले फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्ग दर्शनको पालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई अझ सबल र कसिलो बनाउन सकिने पनि बताए।
सबैमा फाल्गुनन्दको मार्गदर्शनमा अगाडि बढ्ने थप ऊर्जा र प्रेरणा प्राप्त होस् भन्दै शुभकामना व्यक्त गरेका छन्।
१९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बास्थित एक किसान परिवारमा फाल्गुनन्दको जन्म भएको थियो। भारतमा ब्रिटिसले सरकार चलाएको बेला उनी ब्रिटिसको तर्फबाट सेना थिए।
तर, सेनाको जागिर छाडेर समाज सुधार र शिक्षामा उनी केन्द्रित भएका थिए। तत्कालीन लिम्बू समाजमा कुरीति र कुसंस्कारले जरा गाडेको अवस्थामा उनको अगुवाइमा समाज सुधारका लागि सत्यधर्म मुचुल्का तयार भएको थियो।
उनी इलाममा जन्मिए पनि कर्मभूमि र तपोभूमि पाँचथरलाई बनाए। उनको कर्मभूमि पाँचथरको लब्रेकुटी हो भने तपोभूमि सिलौटी हो। सिलौटीमै हाल उनको समाधिस्थल छ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले १६औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनको १३६औं जन्मजयन्तीको अवसरमा लिङ्देनप्रति उच्च सम्मान प्रकट गरेका छन्।लिङदेनले दिएका शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने प्रधानमन्त्री ओलीको कामना पनि छ।

">