काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २७ गते सचिवालय बैठक बोलाउन माग गरेका छन्।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेर कात्तिक २७ गते बैठक बोलाउन माग गरे पनि अझै निक्र्योल भएको छैन।
धूमबाराहीस्थित केन्द्रीय कार्यालयमा सचिवालयका बहुमत सदस्यहरूको छलफलमा उक्त मिति तय गरेर बैठक बोलाउन माग गरेको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन्।
“कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २७ गते बैठक बोलाउन माग गर्नुभएको छ, तर उहाँले (ओलीले) अहिलेसम्म सहमति जनाई सक्नुभएको छैन’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका छन्, ‘भोलि उहाँ उपत्यकाबाहिर जानुपर्ने भएकाले पर्सिका लागि बोलाउन माग गरेका हौँ, हामी बैठक बस्छ भन्नेमा आशावादी छौँ।”
धूमबाराहीमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कात्तिक २७ गते बैठक बोलाउनेमा आशावादी भएको निष्कर्ष निकालेको पनि श्रेष्ठको भनाइ छ। तर उनका अनुसार ओलीले प्रचण्डले प्रस्ताव गरेको मितिबारे सहमति भने जनाइसकेका छैनन्।
" /> काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २७ गते सचिवालय बैठक बोलाउन माग गरेका छन्।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेर कात्तिक २७ गते बैठक बोलाउन माग गरे पनि अझै निक्र्योल भएको छैन।

">