काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक कार्तिक २८ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा हुने बताए।
यसअघि बैठक २७ गते बिहीबार दिनको १ बजे आह्वान गरिएको थियो। त्यसअघि पनि कार्तिक २४ गते, २१ गते बैठक आह्वान गरिएको थियो।
पटकपटक बैठक सर्नुको कारण कोभिड–१९ र पार्टीको केही विवादीत विषय रहेको बताइएको छ।
बैठकमा कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बोलाएको छ। तर, फेरि बैठकको मिति सारिएको समयमा पनि बैठक हुने÷नहुने टुङ्गो छैन।
पार्टीको १४ औं महाधिवेशनको विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाउँदै आएको छ। यद्यपि, बैठक बस्न कांग्रेसलाई सकस परेको छ।
" /> काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ।पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक कार्तिक २८ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा हुने बताए।

">