काठमाडौं। सर्वोच्च अदालतले आफूविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले शुभेच्छा र सद्भाव प्रकट गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।
उनले आफ्ना पक्षबाट मुद्दाको बहस गर्ने कानुन व्यवसायीहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्ने निर्णय बदर गर्न माग गर्दै दायर रिटको सुनुवाइको क्रममा अन्तरिम आदेश जारी नहुने भनेको थियो।
अदालतको आदेशपछि उनले भनेका छन्, “राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनि सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरूले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलासले खारेज गरेको छ।”
गौतमले राष्ट्रियसभा सदस्य पदमा मनोनयनको विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको नभएको बताए।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भएको आरोप लगाए।
फेरि पनि आफूले संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताकापूर्वक उभिइरहने प्रण गरेको बताए।
गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्ने निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
" /> काठमाडौं। सर्वोच्च अदालतले आफूविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले शुभेच्छा र सद्भाव प्रकट गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।उनले आफ्ना पक्षबाट मुद्दाको बहस गर्ने कानुन व्यवसायीहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्ने निर्णय बदर गर्न माग गर्दै दायर रिटको सुनुवाइको क्रममा अन्तरिम आदेश जारी नहुने भनेको थियो।

">