तनहुँ। पूर्वभूमिसुधारमन्त्री तथा जनता समाजवादी पार्टीकाे केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष भीमप्रसाद गौतमको ७२ वर्षको उमेर आज बिहान निधन भएको छ। तनहुँको बन्दीपुर गाउँपालिका-१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो।
करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै आएका गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा ल्याई राखिएको थियो। उनको पार्थिव शरीरलाई जिल्लाको पवित्रस्थल देवघाटमा लगेर दाहसंस्कार गर्ने अन्तिम तयारी भइरहेको बन्दीपुर गाउँपालिका-१ का वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए।
पूर्वमन्त्री, संविधानसभा सदस्य एवं तनहुँ जिल्लाको कम्युनिस्ट आन्दोलनका योद्धा गौतमको निधनले सिङ्गाे तनहुँवासीलाई स्तब्ध बनाएको उनले बताए। उनलाई अन्तिम श्रद्धाञ्जलि दिन नेता तथा कार्यकर्ता जुटेका छन्। मृतकका श्रीमती, दुई छोरा र चार छोरी छन्। रासस
" /> तनहुँ। पूर्वभूमिसुधारमन्त्री तथा जनता समाजवादी पार्टीकाे केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष भीमप्रसाद गौतमको ७२ वर्षको उमेर आज बिहान निधन भएको छ। तनहुँको बन्दीपुर गाउँपालिका-१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो।करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै आएका गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा ल्याई राखिएको थियो। उनको पार्थिव शरीरलाई जिल्लाको पवित्रस्थल देवघाटमा लगेर दाहसंस्कार गर्ने अन्तिम तयारी भइरहेको बन्दीपुर गाउँपालिका-१ का वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए।

">