काठमाडौं। सरकारले राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च बेहोर्ने भएको छ।
आज बसेकाे मन्त्रिपरिषद् बैठकले अध्यक्ष केसीको उपचार खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन्।
"राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्रिपरिषद्को बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु," अर्थमन्त्री पौडेलले ट्वीटरमा लेखेका छन्।
केसीको उपचार मेडिसिटी अस्पतालमा आइसोलेसनमा राखेर भइरहेको छ। पीसीआर परीक्षण गर्दा उनलाई बुधबार कोरोना ‘पोजिटिभ’ देखिएको छ।
केही दिन अगाडिदेखि उनी निमोनियाबाट ग्रसित थिए। त्यसअघि पनि उनी स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट पीडित थिए।
राष्ट्रीय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्री परिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।
— Bishnu Prasad Paudel (@bpaudel1959) November 12, 2020
यसअघि बुधबार पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले प्रेस वक्तब्यमार्फत अध्यक्ष केसीको उपचार खर्च पार्टी र शुभचिन्तकहरूको सहयोगबाट गर्ने निर्णय गरेको बताएका थिए। जनमोर्चाले सहयोगदाताहरूलाई पार्टीको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा रहेको बचत खातामा सहयोग रकम जम्मा गरिदिन अनुरोधसमेत गरेको थियाे।
तर, केसीका छाेरी सचित्रले सामाजिक सञ्जालमार्फत बुबाकाे उपचार लागि आर्थिक अभाव भएकाे कुरा झुटाे रहेकाे भन्दै अनावश्यक हल्ला गरेर पैसा उठाउने बहानामा नफस्न आग्रह गरेका थिए।
" /> काठमाडौं। सरकारले राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च बेहोर्ने भएको छ।आज बसेकाे मन्त्रिपरिषद् बैठकले अध्यक्ष केसीको उपचार खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन्।

">