काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको निधनले मर्माहत र स्थब्ध बनाएको बताएका छन्। उनले गौचनको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
राजनीतिका साथै सामाजिक क्षेत्रमा पुर्याएको योगदान सदा स्मरणीय रहिरहने सभापति देउवाले बताए। बिहीबार शोक वक्तव्य जारी गर्दै देउवाले भनेका छन्, “उहाँको आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु।”
स्वर्गीय गौचन नेपाली कांग्रेसको तर्फबाट सांसद हुँदै राज्यमन्त्री भएका थिए। उनी लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष समेत हुन्। वि।स। २०४८ सालमा बाग्लुङ निर्वाचन क्षेत्र नम्बर–३ बाट सांसद पदमा उनी निर्वाचित भएका थिए।
सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह र उनको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताए।
पूर्वराज्यमन्त्री गौचनको ८५ वर्षको उमेरमा बुधबार बिहान काठमाडौंमा उपचारको क्रममा निधन भएको थियो।
" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको निधनले मर्माहत र स्थब्ध बनाएको बताएका छन्। उनले गौचनको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।राजनीतिका साथै सामाजिक क्षेत्रमा पुर्याएको योगदान सदा स्मरणीय रहिरहने सभापति देउवाले बताए। बिहीबार शोक वक्तव्य जारी गर्दै देउवाले भनेका छन्, “उहाँको आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु।”

">