काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरिरहेको असन्तुष्ट पक्षले एकअर्कालाई पठाएका पत्रलाई नै अजेण्डा बनाउने संकेत गरेका छन्।
कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको समूहले गत कात्तिक २२ गते पठाएको पत्रको प्रधानमन्त्री ओलीले कात्तिक २७ गते जवाफ पठाएका थिए। दुवै प्रश्न माथिका प्रतिप्रश्नमा आजको सचिवालय बैठकको सबभन्दा बढी समय खर्च हुने एक सचिवालय सदस्यले अनुमान गरे।
“प्रधानमन्त्रीज्यूले विनाअजेण्डा बैठक बोलाउँदिन भनेर यसअघि आनाकानी गरिरहनुभएको थियो। अब त दुवैले एकअर्कालाई पठाएका पत्र र त्यसको सवालजवाफ नै अजेण्डा बन्ने भएको छ,” सचिवालयका ती सदस्यले देखापढीसँग भने, “पार्टीभित्रको समस्या नै अहिले दुवै पक्षले एक-अर्कालाई आरोप लगाउने प्रवृत्ति हो। सचिवालय बैठकले त्यही आरोप र प्रत्यारोपको छिनोफानो गर्नेछ।”
गत कात्तिक २२ गते कार्यकारी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहले प्रधानमन्त्रीलाई पत्र लेख्दै पार्टी विवाद नमिलाएको, अनावश्यक रूपमा कर्णाली प्रदेशको किचलो निकालेको, मन्त्री र राजदूत नियुक्तिमा एकलौटी गरेको, कोभिड-१९ को महामारी नियन्त्रणमा ल्याउन नसकेको जस्ता आरोप लगाउँदै सचिवालय बैठकको माग गरेका थियो।
त्यसपछि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीले महासचिव विष्णु पौडेललाई विधानअनुसार बैठक बोलाउन निर्देशन दिएपछि उनले आज कात्तिक २८ गते ४ बजेका लागि सचिवालय बैठक बोलाएका छन्।
सचिवालय बैठक बस्नुअघि प्रचण्ड नेतृत्वको असन्तुष्ट समूहले पत्रमार्फत लगाएको आरोप खण्डन गर्दै प्रधानमन्त्री ओलीले उल्टै प्रतिप्रश्न राखेर पाँच पृष्ठ लामो जवाफ दिएका छन्। प्रचण्डलाई सम्बोधन गर्दै दिइएको पत्रमा असन्तुष्ट समूहका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बोधार्थ लेखिएको छ।
प्रधानमन्त्री ओलीले गत कात्तिक २६ गते सम्पन्न स्थायी कमिटी बैठकले गरेको कार्यविभाजन अनुसार प्रचण्डले पार्टीको कुनै पनि काम नगरेको, महाधिवेशन केन्द्रित कार्ययोजना र राजनीतिक दस्तावेजको मस्यौदा नल्याएकोलगायत आरोप लगाएका छन्।
“कार्यकारी अध्यक्ष प्रचण्डले दिनदिनै खुमलटारमा गुटका बैठक बोलाउने गरेको, त्यहाँ निर्णय लिएर सचिवालयमार्फत अनुमोदन गराउन खोजेर पार्टीको विधान र पद्धति मिचेको जस्ता गम्भीर आरोप लगाउनुभएको छ,” सचिवालयको एक सदस्यले देखापढीसँग भने।
प्रधानमन्त्री ओली तथा प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहले एकअर्कालाई पत्र पठाएपछि आजको सचिवालय बैठक उक्त पत्रका आरोप र प्रत्यारोपमा केन्द्रित भएर छलफल हुने देखिएको छ।
" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरिरहेको असन्तुष्ट पक्षले एकअर्कालाई पठाएका पत्रलाई नै अजेण्डा बनाउने संकेत गरेका छन्।कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको समूहले गत कात्तिक २२ गते पठाएको पत्रको प्रधानमन्त्री ओलीले कात्तिक २७ गते जवाफ पठाएका थिए। दुवै प्रश्न माथिका प्रतिप्रश्नमा आजको सचिवालय बैठकको सबभन्दा बढी समय खर्च हुने एक सचिवालय सदस्यले अनुमान गरे।

">