काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको सह-महामन्त्रीमा सुनीलबहादुर थापालाई मनोनित गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले थापालाई सह-महामन्त्री पदमा मनोनित गर्ने निर्णय गरेको हो।

थापासँगै कांग्रेसका तीन जना सह-महामन्त्री भएका छन्। पार्टीमा विधानतः दुई जना मात्रै सह-महामन्त्री हुने प्रावधान छ। उक्त पदमा डा. प्रकाशशरण महत र पूर्णबहादुर खड्का रहेका छन्।

तर, विधानमा तीनजना सह-महामन्त्री हुने प्रावधान नभए पनि राप्रपा परित्याग गरेर आएका थापा समूहको व्यवस्थापनका लागि कांग्रेसले थप एकजना सह-महामन्त्री थपेको हो। थापासँगै राप्रपा परित्याग गरेर आएका ६ जना नेतालाई केन्द्रीय सदस्य र ३ जना नेतालाई आमन्त्रित केन्द्रीय सदस्य पदमा मनोतिन गरेको कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले बताएका छन्।

यस्तै बैठकले प्रतिनिधिसभा सदस्य सूर्य केसीको निधन भएपछि रिक्त रहेको स्थानमा पार्टीका महासमिति सदस्य मोहनप्रसाद पाण्डेलाई पठाउने निर्णय गरेको छ। यससँगै आगामी मंसिरभित्र सबै जिल्लाले केन्द्रमा क्रियाशील सदस्यताको सूची पठाउनुपर्ने निर्णय पनि बैठकले गरेको केन्द्रीय सदस्य गुरुङले बताएका छन्।

" /> काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको सह-महामन्त्रीमा सुनीलबहादुर थापालाई मनोनित गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले थापालाई सह-महामन्त्री पदमा मनोनित गर्ने निर्णय गरेको हो।

थापासँगै कांग्रेसका तीन जना सह-महामन्त्री भएका छन्। पार्टीमा विधानतः दुई जना मात्रै सह-महामन्त्री हुने प्रावधान छ। उक्त पदमा डा. प्रकाशशरण महत र पूर्णबहादुर खड्का रहेका छन्।

तर, विधानमा तीनजना सह-महामन्त्री हुने प्रावधान नभए पनि राप्रपा परित्याग गरेर आएका थापा समूहको व्यवस्थापनका लागि कांग्रेसले थप एकजना सह-महामन्त्री थपेको हो। थापासँगै राप्रपा परित्याग गरेर आएका ६ जना नेतालाई केन्द्रीय सदस्य र ३ जना नेतालाई आमन्त्रित केन्द्रीय सदस्य पदमा मनोतिन गरेको कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले बताएका छन्।

यस्तै बैठकले प्रतिनिधिसभा सदस्य सूर्य केसीको निधन भएपछि रिक्त रहेको स्थानमा पार्टीका महासमिति सदस्य मोहनप्रसाद पाण्डेलाई पठाउने निर्णय गरेको छ। यससँगै आगामी मंसिरभित्र सबै जिल्लाले केन्द्रमा क्रियाशील सदस्यताको सूची पठाउनुपर्ने निर्णय पनि बैठकले गरेको केन्द्रीय सदस्य गुरुङले बताएका छन्।

"> कांग्रेस सह-महामन्त्रीमा सुनीलबहादुर थापा थपिए, मोहनप्रसाद पाण्डेलाई सांसद बनाउने: Dekhapadhi
कांग्रेस सह-महामन्त्रीमा सुनीलबहादुर थापा थपिए, मोहनप्रसाद पाण्डेलाई सांसद बनाउने <p style="text-align: justify;">काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको सह-महामन्त्रीमा सुनीलबहादुर थापालाई मनोनित गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले थापालाई सह-महामन्त्री पदमा मनोनित गर्ने निर्णय गरेको हो।</p> <p style="text-align: justify;">थापासँगै कांग्रेसका तीन जना सह-महामन्त्री भएका छन्। पार्टीमा विधानतः दुई जना मात्रै सह-महामन्त्री हुने प्रावधान छ। उक्त पदमा डा. प्रकाशशरण महत र पूर्णबहादुर खड्का रहेका छन्।</p> <p style="text-align: justify;">तर, विधानमा तीनजना सह-महामन्त्री हुने प्रावधान नभए पनि राप्रपा परित्याग गरेर आएका थापा समूहको व्यवस्थापनका लागि कांग्रेसले थप एकजना सह-महामन्त्री थपेको हो। थापासँगै राप्रपा परित्याग गरेर आएका ६ जना नेतालाई केन्द्रीय सदस्य र ३ जना नेतालाई आमन्त्रित केन्द्रीय सदस्य पदमा मनोतिन गरेको कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले बताएका छन्।</p> <p style="text-align: justify;">यस्तै बैठकले प्रतिनिधिसभा सदस्य सूर्य केसीको निधन भएपछि रिक्त रहेको स्थानमा पार्टीका महासमिति सदस्य मोहनप्रसाद पाण्डेलाई पठाउने निर्णय गरेको छ। यससँगै आगामी मंसिरभित्र सबै जिल्लाले केन्द्रमा क्रियाशील सदस्यताको सूची पठाउनुपर्ने निर्णय पनि बैठकले गरेको केन्द्रीय सदस्य गुरुङले बताएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्