काठमाडौं। नेपाली कांग्रेसले चिनियाँ समाचार संस्था ‘ग्लोबल टाइम्स’ ले नोभेम्बर १० तारिखका दिन प्रकाशन गरेको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
ग्लोबल टाइम्सको उक्त दिन प्रकाशन भएको टिप्पणी आधारहीन र आपत्तिजनक भन्दै कांग्रेसले निन्दा पनि गरेको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकले नेपाली कांग्रेस कुनै पनि देशको परस्त पार्टी हुन नसक्ने स्पष्ट पारेको छ।
र, नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ भनेको छ। नेपाली कांग्रेस छिमेकी देशहरू लगायत सबै मित्रराष्ट्रहरूसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दै देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डतामाथि भने कुनैपनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको विपक्षमा सधैं अडिग रहेको उल्लेख गरेको छ।
ग्लोबल टाइम्सले नोभेम्बर १० मा प्रकाशन भएको टिप्पणीमा कांग्रेसलाई भारत परस्त पार्टीको रूपमा चित्रण गरिएको थियो। र, हुम्लामा नेपाली भूमिमाथि चीनले अतिक्रमणको अफवाह फैलाएको आरोप लगाएको थियो।
यति मात्रै होइन, कांग्रेस नेता तथा कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही नेतृत्वको टोलीले हुम्लामा गएर गरेको सीमा सम्बन्धी स्थलगत अध्ययन प्रतिवेदनलाई गलत र दुष्प्रचारको संज्ञा दिएको थियो।
यस्तै कांग्रेसले नेपालस्थित चिनियाँ दूतावासले नोभेम्बर १३ मा कांग्रेसलाई लेखेको पत्रमा शाहीले सार्वजनिक गरेको प्रतिवेदनलाई आधारहीन र झुठो भन्दै गैरजिम्मेवार र अमैंत्रीपूर्ण भनिएकोप्रति कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शाहीले सीमा अतिक्रमण सम्बन्धी १८ बुँदे प्रमाण र ७ बुँदे सारसहितको निष्कर्ष भन्दै प्रतिवेदनमा समावेश गरेका छन्। तर, यदी चीन सरकारले भने जस्तै हुम्लामा नेपाली भूमि अतिक्रमण नभएको भए त्यसको निक्र्योल दुई सरकारबीचको संयुक्त सीमा निर्धारण टोलीले स्थानीय सरोकारवालाहरूको भनाइ र ऐतिहासिक भोगचलनको तथ्यसहित आएको तथ्य र सीमा स्तम्भहरूको अवस्था लगायतको प्राविधिक मुल्याङ्कनको आधारमा टुङ्गो लगाउनु पर्ने कांग्रेसले जनाएको छ। यसप्रति आपत्ति जनाउनु पर्ने कुनै कारण नभएको कांग्रेसको भनाइ छ।
शुक्रबार बसेको केन्द्रीय कार्य समिति बैठकपछि कांग्रेसले प्रेस विज्ञप्तीमार्फत भनेको छ, “सन् १९५९ मा नेपालका तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले सीमा सम्बन्धी जुन सम्झौता चीन सरकारसँग गर्नु भएको थियो, त्यसकै आधारलाई टेकेर दुई देशबीच एक अर्काबीच अहस्तक्षेप र एक अर्काको भू–भागलाई सम्मान गर्ने नीति पालन गर्दै आएको छ।आगामी दिनमा पनि पालना गर्नेछ।”
यस्तै, कांग्रेस दुई देशको मैंत्रीपूर्ण सम्बन्धलाई सत्तामा रहँदा र नरहँदा पनि सधै उच्च प्राथमिकतामा राख्दै आएको पनि स्पष्ट पारेको छ।
" /> काठमाडौं। नेपाली कांग्रेसले चिनियाँ समाचार संस्था ‘ग्लोबल टाइम्स’ ले नोभेम्बर १० तारिखका दिन प्रकाशन गरेको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।ग्लोबल टाइम्सको उक्त दिन प्रकाशन भएको टिप्पणी आधारहीन र आपत्तिजनक भन्दै कांग्रेसले निन्दा पनि गरेको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकले नेपाली कांग्रेस कुनै पनि देशको परस्त पार्टी हुन नसक्ने स्पष्ट पारेको छ।

">