काठमाडाैं। प्रजातन्त्र सेनानी तथा समाजसेवी भूमिश्वर सापकोटाको १०७ वर्षको उमेरमा शुक्रबार नवलपरासी गैँडाकोटस्थित आफ्नै निवासमा निधन भएको छ।
अहिले बिहान नारायणीमा उनको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। वि.सं. १९७१ माघ १ गते बागलुङमा जन्मिएका सापकोटा नेपाली कांग्रेस सेनानी सङ्घका सदस्य रहेका थिए। वि.सं. २०१६ को संसदीय निर्वाचनमा बिपी कोइराला बागलुङ जाँदा उनको आग्रहमा पार्टीको निर्वाचन प्रचार अभियानका सदस्य भई काम गरेका सापकोटा त्यसपछि नेपालमा प्रजातन्त्रको पक्षमा निरन्तर लागे।
२०१७ पुसमा बिपी पक्राउ परेपछि उनको रिहाइको माग गर्दै बागलुङमा प्रदर्शन गरेबापत सापकोटा जेल परे। सापकोटाले बागलुङको दमेक भेगमा शिक्षा, बाटोघाटो निर्माण तथा अन्य विकासका काममा योगदान पुर्याएका छन्।
उनले २०१३ मा दमेकस्थित आफ्नै गोठबाट सुरु गरेको विद्यालय हाल जनप्रिय माध्यमिक विद्यालय अमरापुरीका रुपमा स्थापित छ। उनले सो क्षेत्रमा विभिन्न विद्यालय तथा वेदविद्याश्रमको स्थापना र सहयोग गरेका छन्।
उनी २०२९ मा गैँडाकोटमा बसाइ सरेपछि आधुनिक गैँडाकोट निर्माणमा योगदान पुर्याएका थिए। उनकै संयोजकत्व २०३२ मा गैँडाकोटमा सिँचाइ कुलो निर्माण भएपछि तिनताकाको विकट क्षेत्रमा धान खेती सम्भव भएको थियो। गैँडाकोटमा सुप्रसिद्ध कालिका मन्दिर तथा आश्रम, मौलाकालिकालगायत अन्य मठमन्दिरको स्थापना गरी धार्मिक उन्नयनका साथै विविध सामाजिक क्षेत्रमा उनले योगदान पुर्याएका थिए। बिपीको सहयात्रीको रुपमा चिनिने सापकोटा धार्मिक, आध्यात्मिक र न्यायको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्त्व हुन्।
पञ्चायतको समयमा कांग्रेस पार्टीका कार्यक्रम गरेको, बिपीलाई गैँडाकोट घरमा आतिथ्यता गराएको तथा २०३६ मा विद्यार्थी आन्दोलनमा सहयोग गरेको आरोपमा उनलाई तत्कालिन प्रशासनले पटक-पटक दुःख दिएको थियो।
उनी २०४२ को सत्याग्रह, २०४६ र २०६२/६३ को जनआन्दोलनमा सक्रिय भई प्रजातन्त्रको स्थापनाका लागि लडेका थिए। उनका छोरा तिलकप्रसाद सापकोटा नेपाली काँग्रेसका नेता तथा नवलपरासीका महासमिति सदस्य छन्। तिलकसहित उनका दुई छोरा र एक छोरी छन्। रासस
" /> काठमाडाैं। प्रजातन्त्र सेनानी तथा समाजसेवी भूमिश्वर सापकोटाको १०७ वर्षको उमेरमा शुक्रबार नवलपरासी गैँडाकोटस्थित आफ्नै निवासमा निधन भएको छ।अहिले बिहान नारायणीमा उनको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। वि.सं. १९७१ माघ १ गते बागलुङमा जन्मिएका सापकोटा नेपाली कांग्रेस सेनानी सङ्घका सदस्य रहेका थिए। वि.सं. २०१६ को संसदीय निर्वाचनमा बिपी कोइराला बागलुङ जाँदा उनको आग्रहमा पार्टीको निर्वाचन प्रचार अभियानका सदस्य भई काम गरेका सापकोटा त्यसपछि नेपालमा प्रजातन्त्रको पक्षमा निरन्तर लागे।

">